पत्रकार प्रतीक र वर्षा राष्ट्रपतिबाट पुरस्कृत

समाधान संवाददाता २०७८ असोज ७ गते २०:३४


पोखरा


पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई प्रेस काउन्सिलले वार्षिकोत्सवमा अवसरमा पुरस्कृत गरेको छ । यस अवसरमा पोखराका २ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ र जमुना शर्मा ‘वर्षा’ले प्रेस काउन्सिलको पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतीक र वर्षालाई बुधबार पुस्कार हस्तान्तरण गरिन् ।

प्रेस काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार प्रतीक पुरस्कृत भएका हुन् । प्रतीकले १ लाख १० हजार रुपैयाँ राशि प्राप्त गरे । ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ बाट जमुना वर्षाले प्राप्त गरेकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया