समाधान दैनिकको २० औं वार्षिकोत्सव विशेषांक

समाधानको सेकेन्ड डोज

‘यो समाचार पत्रिका हो कि विज्ञापन अगाडिको पृष्ठमा कति प्रतिशत समाचार हुनुपर्छ ?

मोती भुजेल २०७८ असोज ८ गते १५:५५

पहिलो डोज लगाएको २१ दिन पछि सेकेन्ड डोज लागाउनु पर्दो रहेछ कोरोना भाइरसबाट बँच्न । नेपालको जनसंख्याको करिव ३५ प्रतिशत जनताले भ्याक्सिन लागाइसके । आशा गरौं बाँकी जनताले पनि छिटै भ्याक्सिन लागाउन पाउन्, यसमा राज्यको ध्यान केन्द्रित होस् । भदौ ३१ गते राति करिब ११.२५ तिर समाधानको २०औं वार्षिकोत्सवमा नारी विशेषांकको पहिलो डोज आयो । आउन त आयो तर थोरै कम आयो ।
बिसौं वर्षमा किन १५ जना नारी मात्रै अटे, २० सम्म पुर्‍याएको भए अंकअंक मिलेर अक्षर बन्थे ।

कोरोना भ्याक्सिनको पहिलो डोज फस्ट लाइनरहरुलाई लागाए जस्तै समाधानको विशेषांकको पहिलो डोज पनि सामाजिक सञ्जालका फ्रेन्ड लाइनमा गयो र शुभकामना सहितका पोस्टहरु आए । पहिलो डोज आएको करिब ११ घन्टापछि दोस्रो डोज हातैमा पर्‍यो छापावाल । हात परेको छ । अब पढेर र विज्ञापन हेरेर बधाई भन्नुपर्ला है समाधान डेली भनेर फस्ट पेजको फोटोसमेत सामाजिक सञ्जालमा राखे ।


‘यो समाचार पत्रिका हो कि विज्ञापन अगाडिको पृष्ठमा कति प्रतिशत समाचार हुनुपर्छ ? पहिला त नियम थियो अहिले हटेछ क्या हो ?’ भन्दै मनहरी सापकोटाले कमेन्ट गर्नुभयो यसको जबाफ मसँग नभएकाले कमेन्ट लाइक गरे भनेको मतलव मैले कमेन्ट पुरा पढे भनेको हो । सहमत छु भनेको चाहि हैन । नवीन श्रेष्ठको अर्को कमेन्ट आयो ‘यो बिज्ञापन पत्रिका हो कि क्या हो ?’ यसको पनि मसँग जवाफ हुने कुरै भएन ।

Advertisement


‘जय नारी’ शब्द नै ओजनदार लाग्छ । सामाजिक सञ्जाल तताउने सावित्री सुवेदीको सम्झ्ना आयो जय नारी भन्दै यो शब्द उनले नारी माथि हुने विभेदको अन्त्यसँगै यौन दुव्र्यवहारको पनि अन्त्य होस भनी वकालत गरिरहेकी छन् । महिला भने पछि घरभित्रै चुलोचौकोमा सीमित हुने जमना अब रहेन । रहनु पनि हुँदैन । चुलोचौको गर्न कुनै दुरदराजकी दिदीबहिनीलाई सुम्पेर बाहिर निस्कनु पनि हुँदैन । चुलोचौकोमा दिदीबहिनीको सट्टामा अब कुनै गाउँबाट परिवारको लागि भनेर शहर झरेका दाजुहरुलाई राखौं । ताकि उनका श्रीमतीहरु अरुको चुलोचौको गर्न घर पस्न नपाउँदै उनीहरु भट्टितिर पस्न नजाउन् ।

समाधानका लागि दोस्रो पेज मेरो लागि पहिलो पेजमा नै अनिश भट्टराईले लिएको अन्तर्वार्ता जस्तो लेखमा पोखराको पुराना व्यावसायिक घराना कि बुहारी सुनयनाले गरेको कामको प्रशंसा गर्दछु । प्रतिकुलतामा अनुकुलता खोज्ने उहाँको जस्तै बानी हामीले पनि खोज्नु जरुरी छ । बाँकी पेज र तिन नम्बर पेज मोटर गाडिले किचेको छ । एउटै पढे पुग्छ भनेर २० वर्षदेखि निरन्तर लागि परेको समाधान राष्ट्रिय दैनिक भन्दै गण्डकी प्रदेशमा मात्रै सीमित नहोस् अब थप चुनौती सँगै २०औं वर्ष प्रवेशको शुभकामना दिन चाहन्छु ।

Advertisement


राष्ट्रपति नै महिला भएको देशमा न्यायाधीश महिला एक हैन दर्जन हुनुपर्छ । अब घर धन्दा गर्न दाइहरु खोज्नुपर्छ । दाइहरु बिहानै भट्टि पस्नथाले । योभन्दा अगाडि मलाई भाइ भन्नु हुन्थ्यो । श्याम राना मगर भाइसँग सही भन्नुभएको हो भने पनि मलाई भाइ नै भन्नु म दिदी नै सम्बोधन गर्छु । आधा दर्जन जति व्यवसायमा हात हाल्नु भएकोमा मिलन थापालाई व्यावसायिक शुभकामना ।
फेरि क्लिएर भएन गाडी आयो एक छिन ल ।


तालले छोडेको जग्गा तालको हैन भने मैना थापा जस्ता किसानलाई सरकारले अनुदान, सस्तो ब्याजको ऋण दिएर बाँझो जमीनमा उब्जनी सुरु गर्नुपर्छ । र राज्यले कृषिमा कुनै पनि कर लगाउनु हुँदैन । प्रेसर अब रडले बोक्छ । कृषकलाई अनावश्यक कर लगाएर प्रेसर दिनु हुन्न । कृषि पर्यटनलाई सँगै लान सक्नुपर्छ । पोखरामा पर्यटन भन्ने बित्तिकै फेवातालको वरिपरिलाई मात्रै मान्ने सोच अब बदल्नुपर्छ । फेवा सँगै बेगनास र रुपालाई अर्को लेकसाइड मानेर कृषि पर्यटनको बिस्तार गर्नुपर्छ । सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गरौं । दुर्घटना हुनबाट बँचौं । बेला बेलामा आफ्नो स्वास्थ जाँच गरे जस्तै सवारी साधनको पनि जाँच गरौं ।

२२ औं सताब्दीसम्म आइपुग्दा संसार सानो हो कि जस्तो लागिरहेको छ । भर्खरै नेपाली चेलीहरुको पर्व तिज सकिएको छ । नौगेडी पोते लाएर रातो सारीमा ‘जेलैमा हो जेलैमा चरी जेलैमा’ भन्ने विष्णु माझीको गीतमा नाचेको भिडियोहरु टिकटकमा भाइरल भएका छन् । युरोप माइती भए कि चेली क्लारालाई माइती जान मन त थियो होला तर तपाईंहरु जस्तो फ्रन्ट लाइनर सेवकहरुले बिदा पाउनै गाह्रो छ । भिडियो कलमा माइती सबैसँग भेट त, भै नै रहन्छ होला ।


पेन्डिमिकको बेला धेरै व्यवसायहरु धरापमा परे । अब बिस्तारै बिस्तारै खुल्दै छन् । तर पनि आफ्नो लयमा आउन समय लाग्छ नै । शिक्षाको लागानी सुरक्षित लगानी हो । तपाईले आफ्ना बाबुनानि को शिक्षा र स्वास्थमा गरेको लागानि कहिल्यै खेर जाँदैन । समान शिक्षा र समान व्यवहार स्कुल तहबाटै सिकाउने तमाम मेडमहरुलाई सलाम । नारी पुरुषमा,छात्र छात्रामा भेदभाव नगरौं पनि भन्ने अनि स्कुलमा केटालाई १५ सय मिटर र केटीलाई एक हजार मिटर दौडाएर एकै खालको पुरस्कार त दिनु भएन नि । कि यो भेदभाव हैन ।


जब देश संघीयतामा गयो तब लाग्यो हिमालपारिको जिल्ला मुस्ताङ र तराईको अर्को जिल्ला नवलपुरका बासिन्दा भाइभाइ भए । विविधतामा एकता झल्काउने प्रदेश गण्डकी प्रदेश हो । मुस्ताङ बाहेक हामीले मुस्ताङ जिल्लामा भएका अन्य गाउपालिकाको नाम प्रचलितमा आएको पनि सघियता आए पछि हो भन्दा फरक नपर्ला । मुस्ताङको घरपझोङमा उद्योग सञ्चालन गरको चार वर्षभित्र उत्कृष्ट महिला उद्यमी बन्न सफल हिमालपारी मुस्ताङ की महिला उद्यमी सुकुन रसाइलीलाई उच्च सम्मान । उद्यमी बन्नु चुनौती त छ, त्यसमा झन् महिला उद्यमी बन्नु अर्को चुनौती हो । तर हरेक चुनौतीको सामाना गर्दै अघि बढि रहेका तमाम महिला उद्यमीहरुलाइ आफु अडिग रहनु अवश्य सफल भइन्छ ।

पार्वतीले चाहेको भए बाबुराम रेग्मीसँग मिलेर दुई जनाले जागिरखाने चट्ट टेन टु फाइभ, बिहान बेलुका घरमा सँगै आनन्दको लाइभ’ भनेर बसेको भए अहिलेकहाँ उद्यमी भइन्थ्यो र । केही कुरा मिस गर्नै पर्छ । महिला उद्यमी बन्न पहिला लाजको गहनालाइ बाकसमा बन्द गरेर निस्कनुपर्छ । कामको सम्मान गर्न जान्नुपर्छ सफलता खोज्ने हैन कर्म गर्ने सफलता तपाइको पछि पछि आउछ सीता परियारको जस्तो । अब नेपालका सर्वाधिक धनी महिलाहरुको सूची निकाल्ने जिम्मा पनि पत्रकारको । पत्रकारितामा रिसर्च हुनुपर्छ ।


माधवी भट्टको कुरालाई मान्ने हो भने, सम्भवत पितृसत्ताबाट निर्देशित समाजको अन्त्यमा हिँडिरहेका छौं हामी । २२ औ शताब्दी महिलाहरुको शताब्दी बनोस् विश्व परिवेश महिलाहरुको निम्ति उदाउँदो समय बनोस शुभकामना । महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार अबको बहसको विषय बन्नुपर्छ ।


‘हात्ती आयो हात्ती आयो फुस्सा’ यतिबेरसम्म चिनीको चास्नीको रसबरी खाइरहेको मुखामा एक्कासि नुन पानीमा मिसाएको रसबरी खायो भने कस्तो होला । जस्तो कि तिज नमनाउनेले तिज मनायौं भनेर सोधे जस्तै हो । के के गरेर, क्यारेमा टार्न मिल्दैन । हो लामो समय सम्म निराहार बस्नु स्वास्थका लागि हानिकारक छ । पानी पनि सफा वा उमालेर सेलाएको पिउनुपर्छ । अरु कसैको फोहोर खुट्टाको पानी पिउनुपर्छ भन्नु गलत मानन्यताहो र पिउनु पनि हुँदैन । जहाँसम्म ब्रत बस्ने कुरा छ । जसलाइ शारीरिक र स्वास्थले साथ दिन्छ, सहज हुन्छ उनि हरु बस्ने गर्दछन् ।


तपाईं स्वस्थ हुनुहुन्छ भने एक दिन कुनै ठोस पदार्थ नखाई झोलिलो पदार्थ मात्रै पिएर बस्नुभयो भने तपाईंको बिग्रेको पाचनक्रिया केही हदसम्म ठिक हुन आउँछ । शीतल दाहालले आफ्नै आमा या हजुर आमालाई पनि सोध्नुपर्ने हो दतिवन दाना हनै डाँठ हो । दिनको ६५ वटा हैन । ऋषिपञ्चमका दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ । मान्न पनि सकिन्छ र नमान्ने छुट पनि छ । दतिवन कुनै एक झार मात्रै हैन । उहाँलाई यसका फाइदाका विषयमा पनि भनिदिऊँ । दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ । दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अंग नै औषधीय गुणले भरिएको हुन्छ ।


छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ । यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउँमा मलहमको रूपमा लगाउन सकिन्छ । कुकुर, सर्प र बिच्छीले टोकेको ठाउँमा दतिवनको पातको रस तुरुन्तै लगाइदिँदा विष शरीरभित्र छिटो फैलन पाउँदैन । दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ । त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ । मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स–साना टुक्रा पारी पिसाबबाट निकाल्ने क्षमता दतिवनमा हुन्छ । त्यसरी पत्थरी हटाउन दतिवनको ताजा जरा छ ग्राम जति पानीमा पिधेर छान्नुपर्छ र नियमित पिउने गर्नुपर्छ । दतिवनमा ‘एकारिन्थीन’ नामक तत्व पाइन्छ । उक्त तत्वमा रक्तचाप कम गर्ने गुण हुन्छ । दतिवनको बोटबाट तयार पारिएको धूलो औषधि मधुमेहमा अति लाभदायक हुन्छ ।


आयुर्वेदमा दतिवनबाट क्षार, तेल जस्ता विशेष किसिमका औषधि तयार पारिन्छ । दतिवनको पातमा कीटाणु नाश गर्ने शक्ति हुन्छ । खुर्पाकै बिँड हाल्नुस्, यसमा मेरो गुनासो छैन । कमसेकम मैले सोच्ने छु कि श्रृखण्ड त रहिछ । दाहालजीले उठाउनु भएका अन्य हरेक महिला मुद्दामा म पनि सहमत छु । बच्चाको बाउको नाम लेख्ने ठाउँमा आमाको नामनै लेख्ने गरी सरकारी कामकाजका कागजमा उल्लेख गरिनुपर्छ । देशमा संघीयता आएपछिको परिवर्तन नै महिलाको पक्षमा छ । गाउँपालिकादेखि नगरपालिका सम्म प्रमुख या उपप्रमुख एक जना महिला अनिवार्य हुनुपर्ने निर्वाचन आयोगले तोकेको छ । लामो लेख्दा सम्पादकको कैचीमा परिएला यो त छुट्टै बहसको बिषय पो हो ।


एक थुकी सुकी सय थुकी नदी उखान त्यसै बनाएन होलान् र तर संयुक्त परिवारको लगानीका कारण आफू महिला उद्यमीको रुपमा सम्मान नपाएको गुनासो पार्वती पाण्डेले पोख्नु भएको छ । उज्यालो बत्तीले दिइरहेको छ तर यो उज्यालो मेरो रुप र रंगले हो भनेर अहमता गर्दा कति पुतलीहरुले ज्यान गुमाएका छन । आज तपाईं जुन ठाउँमा पुगेर उभिनु भएको छ त्यो ठाउमा पु¥याउन तपाईंको संयुक्त परिवारको ठूलो हात छ । तपाईंका लागि त्योभन्दा ठूलो सम्मान कुनै पदक र तक्मा हुनै सक्दैन । संयुक्त परिवारको दीर्घायुको शुभकामना ।


‘तँ त लाहुर्नी के काम गर्थिस् !’ भन्नेहरुका लागि दुईजना लाहुरेनी मिलेर खोलेको दिदीबहिनी मम उद्योग उदाहरण बनेको छ । लाहुरेहरुको सहर पोखरामा जब जब भारतीय, पुरानो मलाए, बृटिस लाहुरेहरुको रेमिटेन्स भित्रिन्थ्यो अनि बन्थे चिटिक्कका लोभ लाग्दा पश्चिमेलि सैलिका घरहरु । हेर्दै आकर्षक र नयाँ शैलीका घरहरु देखेपछि सोध्ने गरिन्थ्यो कुन लाहुरेको घर हो ? लाहुरेको कमाइ ठुला ठुला घर मात्रै बनाएर अनुत्पादक क्षेत्रमा लगाउनुभन्दा उत्पादक क्षेत्रमा लागाएर उद्यमी बन्नुपर्छ भनेर आफ्नै समाजमा पनि उदाहरण बनेका दिदीबहिनीलाइ बधाई ।
यो लेखको पुछारमा टुच्च दिन्छु भनेको अब नदिए केही छुटेको जस्तो हुने भएर अब राख्छु ।

संसारमा प्रत्यक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ । अहिलेसम्म यो नारी विशेषांकमा आएका नारीहरुका पछाडि पुरुषको हात नभएको त पक्कै होइन । प्रस्तोताले लुकाइ दिए या आफै । घर भनेको ढुंगामाटो सिमेन्ट रड मात्रैले बनेको हुन्न घर भित्र परिवार हुन्छन् जस्तो रेणु थापा सोम थापा र उनका छोराछोरी जस्तै । परिवार धानेर सँगै व्यवसाय धान्न सकिन्छ समय व्यवस्थापन गर्न र आपूm व्यवस्थित हुन जान्नुपर्‍यो । थापा दम्पत्ति दुवै उदाहरण बन्न सकुन् । पोखरामा हस्तकलाको उच्चारण गर्दा सीता गुरुङको नाम सियो सँगै धागो जस्तै जोडिएर आउँछ ।


सिलाइ बुनाइ सिकाउने उनी पनि पहिलो महिला उद्यमी हुन् । लामो समय विभिन्न पेशा व्यवसायमा जागिरे सीतालाई तत्काल लाग्यो जागिर गर्दा दाम त आयो तर नाम आएन । दामसँगै नाम आउने कामको खोजी गरिन् आपूmले त राम्रै आम्दानी गरिन् । पैसाको रुपमा एक रुपैयाँ पनि आम्दानी नगर्ने आमा दिदीबहिनीहरुलाई सिप सिकाएर दामसँगै नाम पनि आउने पेसा सिकाइन् । हामी पोखरालाइ पर्यटनको सहर भन्छौं । तर पोखरा घुमेर, पोखराको सम्झ्ना लैजाउँभन्दा पोखरामा पोखरेली दिदिबहिनी द्वारा निर्मित हस्तकलाका सामग्रीहरु सजीलै पाउने ठाउँ छैन् ।
हस्तकलाका सामग्रीहरु प्रदर्शन एवम् बिक्री गर्नका लागि पोखरा कोसेली घर निर्माणमा प्रदेश वा स्थानीय सरकारको ध्यान जानु आवश्यक छ ।

पोखरामा बनेको भनेर कुनै पर्यटकले चानाइज हस्तकलाका समान लान्छ भने हामी पोखरेली हौं भनेर गर्व गर्न बेकार छ । र अन्तमा, समाधानको नारी विशेषांक केही थोरै अपवादबाहेक धेरै दुनो सोज्याउने काम मात्रै भएको छ । यो नारी विशेषांक कम विज्ञापन अंक ज्यादा लागेको छ । साहित्य, कला र संगीतका छुट्नै नहुने नारीहरु छुट्नु भएको छ । पहिलो हो, यो नै अन्तिम होइन आशा गरौं अब अर्को नारी विशेषांकका लागि वर्ष कुर्नुपर्ने छैन ।

मोती भुजेल

भुजेल पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष हुन् 

तपाईको प्रतिक्रिया