चाेरि

पोखराको पृथ्वी चोकबाट पल्सर बाइक हरायो

समाधान संवाददाता २०७८ असोज ९ गते १५:०२

पोखरा–पोखराको पृथ्वी चोकबाट बाइक हराएको छ । पृथ्वी चोकको ट्राफिक प्रहरी कार्यालय बाट करिव सय मिटर दुरि पश्चिम तर्फ पार्किङ गरेर राखेको ग १९ प ४००९ नम्बरको कालो रातो रङ्को १५० सिसिको पल्सर मोटर साइकल हराएको सवारी धनी सुदिप कुमार बराले बताए ।


पाकिङ राखेर गएको बाइक नभेटेपछि उनले ट्राफिक प्रहरीलाई खबर गरिसकेको बताए । कतै भेटेमा नजिकैको प्रहरी कार्यलयमा खबर गदिन बराले अनुरोध गरेका छन् । जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख इन्स्पेक्टर अमित बस्नेतले खोजीकार्य भइरहेकहेको जानकारी दिएका छन् । उनका अनुसार पोखरामा पछिल्ला दिनहरुमा बाइक हराउने क्रम बढेकाले ट्राफिक प्रहरीले खोजीकार्य गरिरहेको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया