कांग्रेसकाे १४ औ‌ महाधिवेशन

कांग्रेस पाेखरा महानगर समितिकाे नेतृत्वका लागि मतदान जारी

समाधान संवाददाता २०७८ असोज ९ गते १५:३४

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार पोखरा महानगरपालिकामा महानगरसमितिको नेतित्व छान्न पोखरा प्रर्दशनि केन्द्रमा मतदान जारी छ । पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउँछन् ।

कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । महानगरपालिकामा ६ जना सभापतिमा उमेद्धारी परेको थियो । पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला, पत्रकार गंगाधर पराजुली, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र पत्रकार ज्योति हमाल चुनावी प्रतिष्पर्धामा हुँर्दै छ । उपसभापतिमा ६ जनाको उमेद्धारी परेको थियो । उपसभापतिको उमेद्धारीका प्रतिष्पधीहरु प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल छन् ।

Advertisement


दुई जना रहने सचिव पदमा ३ जनाको प्रतिष्पदा हुँदै छ । गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारी बिचमा प्रतिष्पदा हुँदै छ । यस्तै सहसचिवमा ७ जनाको उमेद्धारी परेको हो । पुष्पराज सिग्देल, नरेन्द्र बास्तोला, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले बिच प्रतिष्पदा हुँदै छ । सह सचिवम भने २ जना निर्वाचित हुने छन् । मत परिणम आजै घोषण हुने छ ।

Advertisement

तपाईको प्रतिक्रिया