नेपाली कांग्रेस १४ औं महाधिवेशन
कास्कीको माछापुच्छ्रे कांग्रेस सभापतिमा वीरेन्द्र गुरुङ विजयी
नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समितिको सभापति वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । ९१ मत ल्याएर उनी सभापति निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मधुसूदन अधिकारीले वीरेन्द्रकोभन्दा १५ मत कम ल्याएका थिए ।
उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरुले क्रशमः ८७ र ८८ मत ल्याए । सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल विजयी भएका छन् । सहसचिवमा महादेवी गुरुङ र बालकृष्ण गौतम निर्वाचित भएका छन् ।
सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमाकुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ चयन भए ।
त्यसैगरी १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नवीनकुमार श्रेष्ठ र (ख) भीममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख) बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित भए ।


सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









चुनावको मुखमा फुट्यो कांग्रेस
सम्पादकीय—स्वास्थ्य बिमा नरोकौं
अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया