नेपाली कांग्रेसको १४ औं महाधिवेशन

कांग्रेस अन्नपूर्ण गाउँ समितिमा को को भए पदाधिकारी ?

समाधान संवाददाता २०७८ असोज ९ गते १९:१६

पोखरा । नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालिका कास्कीमा शुक्रबार भएको अधिवेशनले मनपति भण्डारीलाई गाउँ समिति सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएको महाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले जनाए ।

अधिवेशनको क्रममा शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो । आवश्यक जिम्मेवारीमा आवश्यकताभन्दा धेरैको उम्मेदवारी नपरेपछि सबैजना निर्विरोध भएका हुन् । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए । विजय गुरुङ र कृष्णप्रसाद सुवेदी सचिव भए । मुक्तिसागर गुरुङ र ध्रुव घले गुरुङ सहसचिव भएका छन् ।

निर्वाचित सबैलाई औपचारिक कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा कांग्रेस प्रचार विभाग सदस्य राजबहादुर गुरुङ माला र अबिर लगाई बधाई ज्ञापन गरे । कार्यक्रम निर्वाचन संयोजक कमल पौडेलको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया