कांग्रेस मादी गाउँ सभापतिमा याम बहादुर गुरुङ १ मतले बिजयी

सञ्जय रानाभाट २०७८ असोज ९ गते २३:२३

पोखरा । नेपाली कांग्रेसको मादी गाउँपालिका कास्कीमा शुक्रबार भएको अधिवेशनले याम प्रकाश गुरुङ गाउँ समिति सभापतिमा निर्वाचित भएका छन् । उनले प्रतिस्पधी देवि जंग गुरुङलाई १ मतले पछि पार्दै बिजय प्राप्त गरेका हुन् । देवि गुरुङले ९२ मत पाए भने याम बहादुरले ९३ मत प्राप्त गरेका हुन् ।


उपसभापतिमा लिला मोहन कुइकेल, कृष्ण चन्द्र बराल निर्विरोध चयन भएको हुन् । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ निर्वाचित भएका छन् । उनीहरु क्रमश १२१ र ११४ मत पाए । सह सचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन् उनीहरुले क्रमश ८१ र ८२ मत प्राप्त गरेका हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया