कांग्रेस महाधिवेशन
पाेखरा महानगरमा कडा प्रतिस्पर्धा, सुरेन्द्र र गंगा निकटतम् प्रतिद्वन्दी
गन्न बाँकी २००, मतान्तर ६५

पाेखरा । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत पाेखरा महानगर पालिका समितिकाे अधिवेशनकाे मतगणना जारी छ । शनिबार दिनभर मतदान भएपछि राति ७ बजेबाट सुरु मतगणना अझै सकिएकाे छैन ।
समितिकाे अध्यक्षमा ६ जना उम्मेदवार रहेपनि मुख्य प्रतिस्पर्धा सुरेन्द्रमान बिजुक्छे र गंगाधर पराजुलीबिच देखिएकाे छ ।
अधिवेशनमा १३४४ खसेका मत मध्ये ११४४ गनिसक्दा पराजुली ६५ मतले पछि परेका छन् । सुरेन्द्रकाे पाेल्टामा ३५६ मत पर्दा गंगाले २९१ पाएका छन् ।
तेश्राे स्थानमा रहेका रामराज लामिछानेले १७६, चाैथाे स्थानका मिलन तिवारीले १२८, पाँचाै स्थानका मााेहनप्रसाद बाँस्ताेलाले ११० र छैठाैं स्थानका ज्याेती हमालले ११ मत पाएका छन् ।
उपाध्यक्षमाा प्रयागराज भण्डारी र राजेन्द्र बरालले अग्रता लिएका छन् । सचिवमा गणेशबहादुर थापा र टुबराज बाँस्ताेलाकाे जित निश्चित देखिएकाे छ । यी दुवै जनाले अर्का प्रतिद्वन्दी सुरेन्द्रबाबु तिवारीले भन्दा झण्डै २ सय मतले अग्रता लिएका छन् ।
सहसचिवमा संघर्ष काेइराला र नरेन्द्र बाँस्ताेलाले अन्य प्रतिस्प्रधिलाई पछि पार्दै अग्रता लिएका छन् ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया