कांग्रेस महाधिवेशन

पाेखरा महानगरमा कडा प्रतिस्पर्धा, सुरेन्द्र र गंगा निकटतम् प्रतिद्वन्दी

गन्न बाँकी २००, मतान्तर ६५

समाधान संवाददाता २०७८ असोज १० गते ८:१०

पाेखरा । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत पाेखरा महानगर पालिका समितिकाे अधिवेशनकाे मतगणना जारी छ । शनिबार दिनभर मतदान भएपछि राति ७ बजेबाट सुरु मतगणना अझै सकिएकाे छैन ।

समितिकाे अध्यक्षमा ६ जना उम्मेदवार रहेपनि मुख्य प्रतिस्पर्धा सुरेन्द्रमान बिजुक्छे र गंगाधर पराजुलीबिच देखिएकाे छ ।

अधिवेशनमा १३४४ खसेका मत मध्ये ११४४ गनिसक्दा पराजुली ६५ मतले पछि परेका छन् । सुरेन्द्रकाे पाेल्टामा ३५६ मत पर्दा गंगाले २९१ पाएका छन् ।

Advertisement

तेश्राे स्थानमा रहेका रामराज लामिछानेले १७६, चाैथाे स्थानका मिलन तिवारीले १२८, पाँचाै‌ स्थानका मााेहनप्रसाद बाँस्ताेलाले ११० र छैठाैं स्थानका ज्याेती हमालले ११ मत पाएका छन् ।

उपाध्यक्षमाा प्रयागराज भण्डारी र राजेन्द्र बरालले अग्रता लिएका छन् । सचिवमा गणेशबहादुर थापा र टुबराज बाँस्ताेलाकाे जित निश्चित देखिएकाे छ । यी दुवै जनाले अर्का प्रतिद्वन्दी सुरेन्द्रबाबु तिवारीले भन्दा झण्डै २ सय मतले अग्रता लिएका छन् ।

Advertisement

सहसचिवमा संघर्ष काेइराला र नरेन्द्र बाँस्ताेलाले अन्य प्रतिस्प्रधिलाई पछि पार्दै अग्रता लिएका छन् ।

तपाईको प्रतिक्रिया