पत्रकार पाेखरेल स्याङ्जा बिरुवा पालिकाकाे कांग्रेस सभापतिमा निर्वाचित

समाधान संवाददाता २०७८ असोज १० गते ११:४४

पाेखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य डाेलराज पाेखरेल स्याङ्जा जिल्लाकाे विरुवा गाउपालिका कांग्रेस सभापतिमा निर्बाचित भएका छन् ।

नेपाली कांग्रेसकाे १४ ‌औं महाधिवेशन अन्तरगत शनिबार सम्पन्न पालिकाकाे अधिवेशनमा निकटतम प्रतिद्वन्दि युवराज केसीलाई ७ मत अन्तरले पराजित गरी पाेखरेल सभापति बनेका हुन् । पाेखरेलले ७० मत पाए भने उनका प्रतिद्वन्दि केसीले ६३ मत पाए ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व काेषाध्यक्ष समेत रहेका डाेलराज पछिल्लाे समय सामाजिक सेवामा समेत सकृय थिए । उनी पाेखरामा बस्दै आएपनि स्याङ्जाकाे विरुवा केन्द्रित राजनीति गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया