काठमाडौं फर्किएको जहाजमा के भएको थियो?

समाधान संवाददाता २०७८ असोज ११ गते १३:१५

त्रिभुवन विमानस्थलमा सोमबार बिहान विमानको पाङ्ग्रा नखुलेका कारण आकाशमै फर्किएको थियो ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागी उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया