पाेखराका मेयर जिसीकाे शल्यक्रिया सफल

टाँका खाेलेपछि पाेखरा आउने

समाधान संवाददाता २०७८ असोज ११ गते १४:२९
एमाले नेता खगराज अधिकारीले आइतबार मेयर जिसीलाई भेटेपछि फेसबुक वालमा पाेष्ट गरेकाे तस्विर । अधिकारीले अब मेयर जिसी छिट्टै पाेखरा फर्कने बताएका छन् ।

पाेखरा । पाेखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीकाे शल्यक्रिया सफल भएकाे छ । मष्तिस्कघातका कारण काठमाडाैंमा उपचाररत मेयस जिसी याे शल्यक्रियापछि बल्ल सामान्य दैनिकीमा फर्कन पाउनेछन् ।

मेयरका प्रेस संयाेजक माधव बरालका अनुसार शल्यक्रियापछि उनलाई पाेष्ट अपरेटिभ वार्डकाे आइसियुमा राखिएकाे छ । शल्यक्रियामा संलग्न चिकित्कसले अपेरशन राम्राे भएकाे बताएका छन् ।

मेयर जिसीकाे काठमाडाैं बाँसबारीस्थित न्यूराे हस्पिटलमा कार्निओप्लाष्टी शल्यक्रिया गरिएकाे हाे । अघिल्लाे हप्ता साेमबारकै दिन अपरेशन गर्ने तयारी गरिएकाे भएपनि पिसाबमा इन्फेक्शन भएका कारण सम्भव भएकाे थिएन।

Advertisement

कार्निओप्लाष्टी सर्जरी भनेकाे टाउकाेकाे माथिल्लाे भागकाे हड्डी प्रत्याराेपण गर्ने हाे । मतिष्तस्कघातका कारण टाउकाेकाे भित्री भाग सुन्निएपछि साे हड्डी बाहिर निकालेर उपचार गरिन्छ। भित्री घाउ ठिक भएपछि साे हड्डी प्रत्याराेपण गर्ने गरिन्छ ।

फिजियाेथेरापी जारी राख्नु पर्ने भएपनि अन्य उपचार अब पुरा भएकाे बताउदै प्रेस संयाेजक बरालले टाउकाे टाँका खाेलेपछि मेयर जिसी पाेखरा आउने जानकारी दिए ।

Advertisement

गत साउन १ गतेदेखि बिरामी मेयर जिसीलाई साेही दिन हेलिकाेप्टरबाट काठमाण्डाैं लगिएकाे थियाे ।

तपाईको प्रतिक्रिया