दीपक आचार्य १ हजार धरौटीमा छुटे

पोखरा । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका पोखरा १७ महतगौंडा बस्ने ३८ वर्षे दीपक आचार्य १ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी असोज ५ गते पक्राउ परेका थिए । आफूलाई झुठा मुद्दामा पक्राउ गरिएको उनको भनाइ थियो ।
आफ्नै बाबुले बेचेको जग्गामा आफ्नो दाबी गर्दै दीपकले दुख दिएको भन्दै जग्गाधनीले दुखेसो पोख्दै आएका थिए । त्यस विषयमा परेको मुद्दामा उक्त जग्गामा दीपकको हकदाबी नपुग्ने फैसला अदालतले गरिसकेको छ ।
एकपछि अर्कोलाई बिक्री हुँदै आउँदा छैटौंपटकमा अहिले उक्त जग्गा शान्ति महत अर्यालको नाममा आइपुगेको छ । ४ असाेजमा २ जना गएर जग्गाको डिपिसी भत्काइएपछि दीपकविरुद्ध परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिएका थिए । बाबुले बेचेको जग्गा आफ्नै हो भन्दै दीपकले उक्त जग्गामा यो जग्गा विवादित हो भनी बोर्ड टांग्ने र खास जग्गाधनीलाई पाइला राख्नसमेत नदिने गरेको गुनासैका आधारमा स्थानीयले समेत अनौपचारिक रुपमा प्रहरी प्रशासनलाई सिकायत गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा आचार्यले सोमबार १ हजार रुपैयाँ धरौटी बुझाएका हुन् । उनले आफूलाई झुठा मुद्दा लगाइएको भन्दै प्रहरी हिरासतमा भोक हडताल गरेका थिए । धरौटी बुझाइसकेपछि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा उनलाई सर्वत खुवाएर हडताल तोडाइएको थियो ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया