पाेखरा गाईघाटमा लास भेटियाे
समाधान संवाददाता
२०७८ असोज १२ गते १२:४०

पाेखरा ।
पोखरा १ गाईघाटमा एक जनाको लास भेटिएको छ । अन्दाजी ३० वर्षीय पुरुषको बिहान लास भेटिएकाे हाे । कास्की प्रहरीका अनुसार मृत पुरुषको पहिचान खुलेको छैन् ।
सेति नदि किनारमा ढुङगाको अक्कारामा लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मुचुल्का उठाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्ट माटमको लागि पठाइने कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया