बेगनासकोटलाई हाइकिङ गन्तव्य बनाउन नाटाको पहल

समाधान संवाददाता २०७८ असोज १३ गते १२:४६

पोखरा- ४२ औं विश्व पर्यटन दिवशको अवसरमा नेपाल एसोसियसन फर ट्राभल एन्ड टुर्स एजेन्सिज(नाटा)ले पोखरा ३१ मा पर्ने बेगनासकोटमा १ दिने हाइकिङगरेको छ । बेगनासताल देशकै महत्वपूर्ण पर्यटकीयस्थल भएर पनि यस आसपासका क्षेत्र ओझेल परेकाले हाइकिङ आयोजना गरिएको नाटा अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।


नाटाले विगतमा पनि यात्रामार्फत नयाँ नयाँ गन्तव्य पहिचान र पर्यटन प्रवद्र्धन गर्न समय समयमाहाइकिङ कार्यक्रम आयोजना गर्ने गरेको छ । सोमबार विश्व पर्यटन दिवसको अवसरमा बेगनासतालको मुहान स्याङखुदीदेखि खनास्वारा, सिमलपाटा, गोल्थेपानी हुँदै बेगनासकोटसम्म करिब ५ किलोमिटर उकालो हाइकिङ गरिएको हो ।


हाइकिङमा नाटासँग सम्बन्धित ४० पर्यटन व्यवसायीसहभागी थिए । बेगनासकोटमा स्थानीयले बाजागाजासहित हाइकिङ टोलीलाइ स्वागत गरे । बेगनास कोटभैरव क्षेत्र विकास संस्था, कोटबारी आमा समूह, इन्द्रेणी आमा समूह लगायतले उनीहरुलाई स्वागत गरेका हुन् ।
बेगनास कोट एतिहासिक तथा धार्मिक महत्व बोकेको क्षेत्र हो । तत्कालीन बाइसे, चौबिसे राजाले शासन गरेको ठाउँ वेगनासकोटमा दसैका बेला बलि दिइन्छ । यहाँबाट बेनासतााल, रुपाताल लगायत पोखराका बिभिन्न रमणीय ठाउँ देखिन्छन् ।

Advertisement


हाइकिङपछि भएको कार्यक्रममा पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले यहाँको प्रवद्र्धनका लागि स्थानीयले साथ दिएकोमा खुसी व्यक्त गरे । वेगनासकोटलाई पोखराकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सरोकारवालासँग हातेमालो गरीअघि बढ्ने प्रतिवद्धता उनले गरे ।


समाजसेवी श्रीराम कँडेलले सम्भावना भएर पनि बेगनासकोट ओझेल परेको गुनासो गरे । उनले यो ठाउँलाई उकास्न पर्यटन व्यवसायीले चासो देखाएकोमा उनले खुसी व्यक्त गरे । नाटाका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कोट भैरव धार्मिक क्षेत्र विकास संस्थाका अध्यक्ष भूपेन्द्र रानाभाट, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, लेखनाथ होटल एसोसियसनका अध्यक्ष अर्जुन लम्साल, नाटाका सदस्य सुशीला अधिकारी सिग्देल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया