प्रधानमन्त्रीकाे आव्हानमा आज सर्बलदीय बैठक, एमाले सहभागी हाेला कि नहाेला ?

पाेखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आज १० बजेका लागि सर्बदलीय बैठक आव्हान गरेका छन् । प्रमुख प्रतिपक्ष दलले संसदमा लगातार गरिरहेकाे अबराेध हटाउने बारेमा छलफल गर्न भन्दै बैठक आव्हान गरिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
१० बजेका लागि निर्धारित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेतालाई आमन्त्रण गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले बाेलाएकाे बैठक बहिस्कार गरेकाे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्रीले सर्बलदीय बैठकमा सहभागी हाेला नहाेला भन्ने अन्याैलता कायमै छ । एमालेले आधिकारिक रुपमा यस बारेमा केही बताएकाे छैन् ।
सभामुख सापकाेटाले एमाले विभाजन गर्न सहयाेगी भूमिका खेलेकाे र सदनमा सत्तारुढ पक्षलाई साथ दिएर संविधान विपरित काम गरेकाे भन्दै एमालेले १४ सांसदकाे कारवाहीकाे सूचना नटाँसेसम्म सदन चल्न नदिने बताउदै आएकाे छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया