मुस्ताङमै च्यांग्राको भाउ ४० हजार

यो वर्ष करिव १२ हजारको संख्यामा भेडा—च्यांग्रा जिल्ला बाहिरिने

सुन्दरकुमार थकाली २०७८ असोज १४ गते १८:२३

जोमसोम—कोरोना कहरका कारण गतवर्ष जस्तै उत्तरी चिनको स्वशासितक्षेत्र तिब्बतबाट कोरलानाका हुँदै भेडा—च्यांग्रा नेपाल भित्रिन नपाएपछि मुस्ताङको जोमसोम झरेका भेडा—च्यांग्राको मुल्य आकासिएको छ । बुधबारदेखि उपल्लो मुस्ताङको सीमावर्ती गाउँहरु र छिमेकी जिल्ला डोल्पाबाट वारागुङ मुक्तिक्षेत्र साङ्ता गाउँ हुँदै मुस्ताङ सदरमुकाम जोमसोम झरेका भेडा—च्यांग्राको मुल्य गतवर्षको तुलनामा २५ प्रतिशत बढी हुन पुगेको हो ।


कोरोना माहामारी अघि बर्सेनि मुस्ताङबाट २५ हजार भन्दा बढी भेडा—च्यांग्रा बाहिरिने गरेकोमा गत वर्ष कोभिडका कारण करिव १३ हजार मात्र भेडा—च्यांग्रा मात्र मुस्ताङबाट बाहिरिएको थियो । यसवर्ष पनि तिब्बतबाट भेडा—च्यांग्रा ल्याउन नपाईने भएपछि गतवर्ष भन्दा कम मात्रामा भेडा—च्यांग्रा मुस्ताङबाट बाहिरिने निश्चित भएको लोघेरक दामोदर गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाबाट करिव ७ हजार र वारागुङ मुक्तिक्षेत्र गापाबाट २ हजार भेडा—च्यांग्रा जोमसोम झरेको अध्यक्ष बिष्टले बताए । उनका अनुसार छिमेकी जिल्ला डोल्पाबाट समेत करिव ३ हजार भेडा—च्यांग्रा जोमसोम झर्दै गरेको उल्लेख गरे ।उपल्लो मुस्ताङ र डोल्पाबाट करिव १२ हजार भेडा—च्यांग्रा झर्ने मेरो अनुमान हो ,अध्यक्ष बिष्टले भने“ त्यस मध्ये करिव ५ सय भन्दा बढी भेडा—च्यांग्रा जिल्लामै खपत हुन्छ ।’उनले यो वर्ष करिव १२ हजारको संख्यामा भेडा—च्यांग्रा जिल्ला बाहिरिने बताए ।

Advertisement

कोरोना कहरका कारण तिब्बतबाट भेडा—च्यांग्रा मुस्ताङ भित्रिन नपाएपछि जोमसोममा एउटै रोजा च्यांग्राको मुल्य ४५ हजार सम्म पर्ने जनाईएको छ । जोमसोमका स्थानीय भुपेन्द्र शेरचनले जोमसोम झरेका च्यांग्राको थोक मुल्य ३८ देखि ४२ हजार सम्म कायम रहेको उल्लेख गरे ।उनका अनुसार बिहिबार साझसम्म जोमसोममा १५ सय भेडा—च्यांग्रा झरेको बताए । उनले गत वर्ष प्रति गोटा २४ हजारदेखि २८ हजारसम्म पर्ने च्यांग्राको मुल्य अप्रत्याशित रुपमा च्यांग्रा पालक किसानले भाउ बृद्धि गरेको जनाए ।

उत्तरी कोरलानाकासंग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका पशुपालक किसानले बर्सेनि जेठ÷असारमा तिब्बतबाट च्यांग्राका पाठापाठी खरिद वयस्क बनाएर मासुका लागि बिक्री वितरण गथ्र्ये । तर,कोरनाका कारण सीमानाका शिल भएपछि उनीहरुले तिब्बतबाट पाठापाठी समेत ल्याउन पाएका छैनन् ।स्थानीइ स्तरमै हुर्काईएका भेडा—च्यांग्रा कम उत्पादन भईरहेकाले दशैका लागि पर्याप्त भेडा—च्यांग्रा बजार आउन नसकेको हो । चिनको स्वाशितक्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमावर्तीक्षेत्रका बासिन्दाबीच लाग्ने अन्तरदेशीय ब्यापारिक मेला समेत कोरनाका कारण ३ वर्षदेखि ठप्प भएको छ ।छिमेकी जिल्ला डोल्पाका पशुपालकले समेत तिब्बतबाट भेडा—च्यांग्राकापाठापाठी ल्याएर पाल्ने गरेकोमा डोल्पा समेत च्यांग्रा उत्पादन कम भएको जनाईएको छ ।

Advertisement

यसवर्ष पनि आसन्न बडादशै पर्व नजिकिदै छ । अन्य समय जजस्तो भएपनि बेसीका उपभोत्ताले दशैको बेला हिमालको चिसो हावापानीमा हुकाईएको च्यांग्राको मासुनै खाने मान्यता राख्तछन् । हिमाली क्षेत्रको भेडा—च्यांग्राले जटीबुटील सेवन गर्ने भएकाले स्वादिलो र पोशिलो हुने गर्छ ।तर सहर÷बजारका उपभोक्तालाई च्यांग्राको मुल्य मुस्ताङमै आकासिएपछि आर्थिक भार पर्ने देखिएको छ ।
कोरोना कहर अघि श्रोह् श्राद्ध सुरु हुनु अगावै भेडा—च्यांग्रा ब्यापारी मुस्ताङ आउने गरेकोमा यसवर्ष ब्यापारीहरुको समेत जोमसोममा चहल पहल छैन ।
फोटो क्याप्सन ः उपल्लो मुस्ताङको सीमावर्ती गाउँबाट बिक्रीका लागि जोमसोम झरेका भेडा—च्यांग्रा । तस्विर ःसुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया