इलेक्ट्रिकल व्यवसायीले लगाए खोप

समाधान संवाददाता २०७८ असोज १४ गते १९:३५


पोखरा ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनमा आवद्ध सदस्यले कोभिड विरुद्धको खोप लगाएका छन् । एसोसिएसनले जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वयन गरी बिहीबार सदस्यहरुलाई खोप लगाएको हो ।


जिरोकिलोमिटरस्थित एसोसिएसनको कार्यालय खोप लगाएको थियो । ‘अति आवश्यक सामग्रीको आपूर्ति गर्नुपर्ने भएको हुँदा खोपका लागि अनुरोध गरेका थियौं,’ एसोसिएसनका महासचिव केशव ढकालले भने, ‘प्रशासनले हाम्रो अनुरोध सुन्यो, सदस्यज्यूहरु सबैले खोप लगाउन पाउनुभयो ।’

Advertisement

तपाईको प्रतिक्रिया