कास्की मालपोतबाट २५००० सहित लेखापढी व्यवसायी पक्राउ

समाधान संवाददाता २०७८ असोज १५ गते १९:३२


पोखरा । जग्गा पास गराउन कर्मचारीलाई घुस दिनुपर्छ भन्दै सेवाग्राहीलाई ठगी गरेको आरोपमा कास्की मालपोतबाट लेखापढी व्यवसायी मातृका बास्ताकोटी पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले शुक्रबार मध्याह्न २५ हजार रुपैयाँसहित पक्रेको हो । उनीलाई हिरासतमा राखी अनुसन्धान भइरहेको कास्की प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया