बृहत नारायणस्थान विकास समितिमा महेश

पोखरा, १५ असोज
बृहत नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको अध्यक्षमा महेश पराजुली चुनिएका छन् । पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुको अध्यक्षतामा बसेको धार्मिक, सामाजिक संघ, संस्था, राजनीतिक दल, वडा सदस्य एवं नारायणस्थान क्षेत्रका धार्मिक संस्थाहरुको भेलाले नयाँ समिति चुनेको हो ।
विस १९३७तिर गणेश गिरीद्वारा स्थापित लक्ष्मीनारायण मन्दिर लगायत नारायणस्थान क्षेत्रमा भएका ८ धार्मिक संस्थासँग समन्वय गरी एकीकृत गुरुयोजनामार्फत नारायणस्थान धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्र बनाइने समितिले जनाएको छ ।
नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, बह्मचर्याश्रम समिति तथा महर्षि गुरुकूल वेद विद्याश्रम, नीलकण्ठ महादेव मन्दिर, राधाकृष्ण मन्दिर, मैत्री संघ, पाशुपतसिद्ध महायोग ध्यान साधना केन्द्र, सि गुठी, वीरेन्द्र स्मृति पार्क संरक्षण समिति लगायतका संस्था वृहत नारायणस्थान धार्मिक विकास समितिका पदेन सदस्य छन् ।
यी संस्थाका प्रतिनिधि समेटेर पदाधिकारी चुनिने नवगठित समितिका अध्यक्ष महेश पराजुलीले बताए ।भेलामा वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, नारायणस्थान मन्दिरका वरिष्ठ सल्लाहकार शुक्रराज शर्मा, माछापुच्छे« कन्सल्टेन्सीका इन्जिनियर बाबुराम बराल, पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदार, सि गुठीका अध्यक्ष वसन्तमान उदास, पूर्व वडा अध्यक्ष नारायण उदास, महर्षि गुरुकुल अध्यक्ष रामचन्द्र पौडेल, नारायणस्थान विकास निर्माण समिति अध्यक्ष भोला बराल, नारायणस्थान मन्दिरका सहसचिव रवीन्द्र बाटाजु, नारायणस्थान क्षेत्रका इतिहासविद् सुनिल उलक, राधाकृष्ण मन्दिर अध्यक्ष गोविन्दध्वज श्रेष्ठ, वीरेन्द स्मृति पार्क संरक्षण समिति अध्यक्ष वसन्त कतिला, सल्लाहकार मोतिमान शाक्य, नारायणस्थान विकास निर्माण समिति सचिव सनकमान सिके लगायतले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया