राप्रपा तनहुँको अध्यक्षमा विनोद

राष्ट्रिय समाचार समिति (रासस) २०७८ असोज १६ गते ७:०२

राप्रपा नेपाल तनहुँको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । आज भएको मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित निर्वाचित भएका हुन् । नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।

राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया