साफमा नेपालको सुखद सुरुवात

समाधान संवाददाता २०७८ असोज १६ गते ७:१०

पोखरा । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गोल गरे ।

Advertisement

अब नेपालले सोमबार दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया