अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल ९क्रान्तिकारी०ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ ।
क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।
सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच सचिव र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
आजको वन्दसत्रमा नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अङ्गीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यसअघि बन्द सत्रमा अध्यक्ष रञ्जित तामाङले २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति भङ्ग गर्दै बन्द सत्र सञ्चालन गर्नका लागि मिलन एमसी, क्षितिज सापकोटा, सुमन थुलुङ, वीरबहादुर थापा, पेमा लामा, भोला यादव, सामना श्रेष्ठ, जागृति पौडेल र नग्मा माली रहेको नौ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थिए ।
बन्द सत्रको हलमा अध्यक्ष तामाङले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदन उपर छलफल गर्न विभिन्न जिल्ला मिलाएर ११ वटा समूह बनाइएको क्रान्तिकारीले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया