कांग्रेस अधिवेशन

पूर्व मन्त्री रोमी गौचन थकाली भए कांग्रेस मुस्ताङ सभापति

मुस्ताङका केही वडाहरुमा केही प्रगति गर्न सकियो भने कांग्रेसलाई कसैले हल्लाउन नसक्ने

सुन्दरकुमार थकाली २०७८ असोज १६ गते ९:४४


जोमसोम—नेपाली कांग्रेस मुस्ताङको जिल्ला कार्यसमिति सभापतीमा पुर्ववाणिज्य मन्त्री तथा संविधान सभा सदस्य रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । कांगेसको आसन्न १४ औं महाधिवेशनका लागि मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा शुक्रबार भएको पार्टीको जिल्ला अधिवेशनले पुर्व मन्त्री थकालीलाई सभापती पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।

मुस्ताङको ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रिय प्रतिनिधि र क्रियाशिल सदस्यहरुको सहमतीमा २३ सदस्यीय मुस्ताङ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष अनन्त आचार्यले जानकारी दिए । यस्तै, कांग्रेस जिल्ला अधिवेशनले उपसभापतीमा बिजय हिराचन,महिला उपसभापतीमा ढोका गुरुङ,सचिवमा विकल शेरचन ,छेवाङ नर्वु गुरुङ,सहसचिव नम्डुल गुरुङ र सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन निर्वाचित भएका हुन् ।

अधिवेशनले १५ जना कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित गरेको उनले बताए ।यसअघि असोज ९ गते भएको कांग्रेसको पालिका स्तरीय निर्वाचनमा सभापती,उपसभापती,सचिव,सहसचिव र कोषाध्यक्षसहित ५ वटै स्थानीय तहमा १ सय ५८ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।यस्तै ,वडा स्तरमा समेत सर्वसम्मत क्षेत्रिय प्रतिनिधि र क्रियाशिल सदस्य चयन गरिएको थियो ।योसंगै मुस्ताङमा कांग्रेसले बिवाद रहित ढंगले सवै जिल्ला तहको निर्वाचन सम्पन्न गरेको शिक्षक मुस्ताङका अध्यक्ष आचार्यले जानकारी दिए ।

Advertisement

कांग्रेसको जिल्ला अधिवेशनका क्रममा थासाङको लेतेमा कांग्रेसले चार तारे झन्डा र ब्यानरसहित विशाल शक्ति प्रर्दशन गरेको छ । मुस्ताङ कांग्रेसका सयौं नेता कार्यकर्ताहरुले आसन्न १४ औं महाधिवेशन सफल पारौ ,संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं भन्दै शक्ति प्रर्दशन गरेका थिए ।काग्रेस जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङका केही वडाहरुमा केही प्रगती गर्न सकियो भने कांग्रेसलाई कसैले हल्लाउन नसक्ने दावी गरे ।

उनले आफु ०५६ सालसम्म कुनै नेतृत्वदायी भूमीकामा नरहेको र काम गर्दै जाने ब्यक्तिलाई पदले पछ्याई रहने बताए ।उनले केन्द्रमा गुटबन्दी रहेपनि मुस्ताङमा गुटबन्दीको राजनिति हुन नहुने उल्लेख गरे । पुर्व मन्त्री थकालीले आफु गुटबन्दीको राजनितिबाट अलग रहेको र यसले कांग्रेसलाई जिल्लामा एकताबद्ध कायम गर्न सहयोग पुग्ने विश्वाश ब्यक्त गरे ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया