आमा मिलन सहकारीको ११ औं सभा सुरु

समाधान संवाददाता २०७८ असोज १८ गते १४:५०

पोखरा ।
आमा मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा सुरु भएको छ । सहकारीले आफ्नै सभाहलमा १७ गतेदेखि सुरु सभा २२ गते समापन हुने संस्थाका कर्जा अधिकृत नवराज बास्तोलाले जानकारी दिए ।

Advertisement


साधारण सभा सुरुआत समारोह आइतबार भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरेका थिए । मन्त्री बुढाले कोरोना कहरका बीचमा पनि सहकारीको प्रगति राम्रो रहेको भन्दै थप प्रगतिको शुभकामना दिए ।


मन्त्री बुढाले उत्पादनमूलक क्षेत्रमा कार्य गर्न पनि सुझाए । कार्यक्रम संस्थाकी अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको थियो । पौडेलले एक सहकारी एक उत्पादनलाई आत्मसात गर्दै पोखरा ३० मोहोरियामा संस्थाले गाईफार्म सञ्चालन गरेको जानकारी गराइन् । उनले कृषकलाई प्रोत्साहन गर्ने र किसानसँग सहकार्य गर्ने बताइन् । समितिका उपाध्यक्ष रामकुमार घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता गंगा रिमाल, उत्कृष्ट ऋणी तारादेवी गुरुङ र उत्कृष्ट कृषक तुनप्रसाद तुवाली, रघुनाथ भुर्तेल विष्णुहरि लामिछाने, पुष्पराज पौडेल गोविन्दबहादुर सार्की सम्मानित भएका थिए ।

Advertisement


सहकारीको प्रतिभा पुरस्कारबाट १८ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र र दोसल्लाले समान गरिएको थियो । संस्थाका सल्लाकार सूर्यप्रसाद बराल र सदस्य लक्ष्मी बरालले ‘सूर्यलक्ष्मी प्रोत्साहन पुरस्कार’ अध्यक्ष कोषबाट संस्थामा कार्यरत कर्मचारी कमलबहादुर केसी सम्मान गरिएको थियो । सहकारीमा अनवरत रुपमा कार्यरत कर्मचारीहरु प्रबन्धक सुजाता पौडेल, बजार प्रतिनिधिहरु नारायणी कार्की थापा र विष्णु पराजुली सम्मानित भएका थिए । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख ध्रुवराज पौडेले सञ्चालन गरेका थिए । सभा उद्घाटन समारोहमा कास्की जिल्ला सहकारी संघका वरिष्ठ अपाध्यक्ष छविलाल लामिछाने, बचत संघ कास्कीका अध्यक्ष भेषराज उपाध्याय विशेष अतिथिको रुपमा उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया