अपाङ्गता भएका व्यक्तिहरुलाई प्रशिक्षण सम्पन्न
समाधान संवाददाता
पोखरा
नेत्रहिन युवा संघ नेपाल कास्की शाखाको आयोजनामा गण्डकी प्रदेशमा रेहका अपाङ्गता भएका युवाहरुलाई राजनैतिक नेतित्व सहभागिता सुनिश्चि गर्न चार दिने तालिम सम्पन्न भएको छ ।
अब हुने तीनै तहको निर्बाचनमा राजनैतिक नेतृत्व र सहभागिता सुनिश्चितगर्ने हेतुले पोखरामा चार दिने तालिम सम्पन्न भएको छ । तालिममा अपाङ्गता भएका १० जना, बौद्धिक अपाङ्गता भएका २ जना, शारीरीक अपाङ्गता ४ जना, समलिङ्गी तथा तेस्रोलिङ्गी समुहबाट २ जना, बहिरा अपाङ्गताबाट ४ जना, श्रवण दृष्टि बिहिनहरुबाट २ जना गरी गरि कुल २४ जना युवाहरुको सहभागी गराइएको थियो । तामिममा मनाङ्ग, मुस्ताङ्ग र स्याङ्जा बाहेकका जिल्लाबाट सहभागि थिए । तालिममा लोकतन्त्र र यसका तत्वहरु, नेतृत्व र यसका अवधारणा, जनप्रतिनिधि र उनीहरुका जिम्मेवारी लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले अपाङ्गता समावेशी निर्वाचन र परियोजनाका प्रमोटरहरु शेरजङ्ग गुरुङ र विश्वमित्र भित्राकोटी र फिल्ड अफिसर सुमना नेपालले प्रशिक्षण गरेका थिए ।
तालिमको अन्तिम दिन नेत्रहिन युवा संघ नेपाल कास्की शाखाका अध्यक्ष सूर्य प्रसाद भट्टराईले परियोजनाको उद्देश्य बमोजिम कार्य गर्न सुझाएका थिए । तालिमबाट भने १० जना उत्कृष्ट छनोट गरी निर्वाचनको समयमा मतदाता शिक्षाको लागि परिचालन गरिने कार्यक्रममा बताइएको थियो ।






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया