पर्वतको दुर्लुङमा बाउसो र लठ्ठीले हानेर बाबुको हत्या

पर्वत । कुश्मा नगरपालिका ३ दुर्लुङमा एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। स्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको ४५ वर्षीय उनैका छोरा राजकुमार विकले हत्या गरेका हुन्। घरायसी झगडाको क्रममा गएराति १० बजेको समयमा बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार गएराती घरमा बाबुछोरा मात्रै थिए भने मृतककी श्रीमती माइतीघर गएकी थिइन्। घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएपनि काठको, ढुंगा,लठ्ठी प्रहार गरेर हत्या गरेजस्तो देखिएको डिएसपी बुढाथोकीले बताए। मृतकको मोबाइलसमेत टुक्राटुक्रा परेको छ भने भान्सामासमेत ढुंगाहरु देखिएका छन्।
आज विहान छिमेकीले मृतक विकको शव घरको बलेसीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले हत्याको आरोपमा मृतक विकका छोरा राजकुमारलाई पक्राउ गरेको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया