उपल्लो मुस्ताङको महत्वकाँक्षी पुरातत्व रिसर्च प्रोजेक्ट खारेज

उत्खनन् गरिएको पहाडलाई देउताको स्वरुप मान्ने गरेको र जमिन खनेर उत्खनन् गर्दा देउता रिसाएर अनिष्ठ हुने,असिना पर्ने, बालानाली नष्ट गर्ने जस्ता विश्वास रहेको

सुन्दरकुमार थकाली २०७८ असोज १८ गते २०:५३

जोमसोम— पुरातत्व बिभागकी उपसचिव सुभद्रा भट्टराईले उपल्लो मुस्ताङको लोमान्थाङमा मानव सम्यता संम्वन्धि भईरहेको अन्वेषण ,नक्साङ्कन,उत्खनन् र फोटो ग्राफी डकुमेन्टेसनको सम्पूर्ण रिसर्चको काम खारेज भएको प्रतिक्रिया दिएकी छिन् । सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा स्थानीय जनप्रतिनिधि र गाउलेबीच भएको वार्ता विफल भएपछि उनले यससम्वन्धि आएको सम्पूर्ण रिसर्च प्रोजेक्ट खारेज भएको जनाएकी हुन् ।

विभागकी उपसचिव भट्टराईले लोमान्थाङमा भईरहेको पुरातत्व संम्वन्धि रिसर्चको काममा गाउले रोक लगाएको बताईन् । उनले उत्खनन् गर्दा देउता रिसाउने भन्दै स्थानीयले उत्खनन् गर्ने कार्यमा रोक लगाएको र उनीसंग भएको सम्वादमा कुनै प्रगती नभएको बताईन् । उनले रिसर्च टोली सकलन गरेका सामाग्री हस्तान्तरण गरी सो स्थानलाई सुरक्षा निकायकै रोहबरमा यथाअवस्थामा सम्याएर राख्ने जानकारी दिईन् ।

उपल्लो मुस्ताङमा दुईदिनसम्म वर्षा भएको र यसको कारण पहिराे जान सक्ने सक्ने आंशकाले स्थानीयले पहाड उत्खनन् गर्न रोक लगाएको विभागकी उपसचिव भट्टराईले उल्लेख गरिन् ।लोमान्थाङ गापाका अध्यक्ष सुवर्णकुमार बिष्टको रोहबरमा दुई पक्षबीच भएको वार्तामा स्थानीयले पहाड खनेर उत्खनन कार्य गर्दा आफुहरुको कुल देउता रिसाउने भन्दै पुरातात्विक अन्वेषण ,नक्साङ्कन,उत्खनन् र फोटो ग्राफी डकुमेन्टेसनको रिसर्चको काम कुनै हालतमा अघि बढाउन नदिने अडान लिएका थिए ।

Advertisement

दुई पक्षबीच भएको छलफलमा स्थानीयले उत्खनन् गरिएको पहाडलाई देउताको स्वरुप मान्ने गरेको र जमिन खनेर उत्खनन् गर्दा देउता रिसाएर अनिष्ठ हुने,असिना पर्ने, बालानाली नष्ट गर्ने जस्ता विश्वास रहेकोले स्थानीयको आग्रहमा यसक्षेत्रमा भईरहेको उत्खनन् कार्य तत्काल स्थगित गर्ने निर्णय बैठकले गरेको हो ।यस्तै, बैठकमा यसअघि भईरहेको उत्खनन् कार्यमा भेटिएका सम्पूर्ण सामाग्री उत्खनन् गर्दै आईरहेको टोलीले गाउपालिका कार्यालयलाई बुझाउने निर्णय गरेको छ ।बैठकले रिसर्च टोलीले बुझाएका सामाग्री पालिकाको समन्वयमा सम्वन्धित ठाउमा पु¥याउने सहमती भएको छ ।

नेपाल सरकार पुरातत्व विभाग,गृह मन्त्रालय अनुमती लिएर लोमान्थाङ पुगेको विदेशी रिसर्च टोलीले गत असोज ६ गतेदेखि १६ गतेसम्म १० दिन लगातार काम गरिरहेको थियो । सन् २०१० देखि बर्सेनि उपल्लो मुस्ताङको बिभिन्न स्थानमा ऐतिहासिक अध्ययन अनुसन्धान गर्दै आईरहेको अमेरिकन स्टाई डोर फाउन्डेसनले नेपाल सरकार अन्तर्गत पुरातत्व बिभाग र गृह मन्त्रालयको अनुमती लिएर उत्खनन्को काम थालेको थियो । रिसर्च टोलीमा अमेरिका स्थित कयार्लिफोनिया युनिभर्ससिटीका प्रोफेसर डक्टर मार्कसहितको ५ जना अनुसन्धान टोली उपल्लो मुस्ताङ पुगेको थियो ।
यसअघि प्राचिन सम्यता उत्खनन् तथा अनुसन्धान गर्न पुगेको टोलीले जिल्ला प्रशासन कार्यालय,प्रहरी ,एक्याप र स्थानीय निकाय लगायत सबै सरोकारवाला निकायलाई पुर्व जानकारी गराईएको थियो । तर ,प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिहरुले प्राचिन सम्भयता पत्ता लगाउने बिषयको सन्दर्भमा आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन् । स्थानीयको अवरोधपछि अनुसन्धान गर्ने विदेशी टोलीको काम रोकिएको छ ।

Advertisement

स्थानीयले उत्खनन् अनुमती दिएको भए सो टोलीले अझै ४२ दिन उपल्लो मुस्ताङमै रहेर उत्खनन्को काम गर्ने थियो । तर ,स्थानीयले कुनै हालतमा उत्खनन् गर्न नदिएपछि टोली भोलीनै लोमान्थाङबाट काम पुरा नगरी फर्किने जिप्रका मुस्ताङले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा सदिंयौ बर्ष पुराना ऐतिहासिक,धार्मिक र सास्कृतिक सम्पदा लुकेर रहेको हुनसक्ने र त्यसको पहिचान गर्न विदेशी अनुसन्धान कर्ताको विज्ञ टोली उपल्लो मुस्ताङ पुगेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया