मुस्ताङका ५ सय २८ जना बिद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री

मुस्ताङमा बिभिन्न बिदेशी संघसस्थाहरुले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन ,पुर्वाधार निर्माण र गुम्बाहरुमा अनुदान सहयोग र लगानी गर्ने गरेको

सुन्दरकुमार थकाली २०७८ असोज २० गते ८:१५


जोमसोम¬—हिमाली जिल्ला मुस्ताङको घरपझोङ र लोघेकर दामोदरकुण्ड गाउपालिकामा अध्ययनरत ५ सय २८ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । काठमान्डौं स्थित चाईना फाउन्डेसन फर पोभेटी एलिभियसनको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजको समन्वयमा बिद्यार्थीलाई १÷१ थान झोलासहित शैक्षिक सामाग्री बितरण गरिएको हो ।

सन् २०१६ देखि नेपालका बिभिन्न बिद्यालयहरुमा चाईना फाउन्डेसन अफ पोभेटी एलिभियसनले शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको छ ।फाउन्डेसनले छनौट गरेका बिद्यालयहरुमा प्रत्येक दुई बर्षमा शैक्षिक सामाग्री बितरण गर्ने गरिएको नेपाल—चाईना एक्जिक्युटिभ काउन्सिलका उपाध्यक्ष राजेश उपाध्यायले जानकारी दिए । उनका अनुसार यसवर्ष २४ जिल्लाका ३३ हजार ३ सय ३५ जना बिद्यार्थीलाई बिद्यालय लैजाने झोलासहित शैक्षिक सामाग्री बितरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार फाउन्डेसनको सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजले अधिकाँश जिल्लामा झोलासहित शैक्षिक सामाग्री बितरण गरिसकेको र केही जिल्लामा बितरण गर्न बाँकी रहेको छ ।

मुस्ताङका बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्ने उद्देश्यले चाईना फाउन्डेसन फर पोभेटी एलिभियसनकी निर्देशक जाओ चिछाङ ,नेपाल —चाईना एक्जिक्युटिभ काउन्सिका राजेश उपाध्याय , राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजका कार्यक्रम सयोजक दिपक रेग्मी र गरिबी निवारण चाईना फाउन्डेसनकी निर्देशक नुजा मानन्धरसहितको टोली आईतबार मुस्ताङ आएको थियो ।

Advertisement

सो टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गका ७ बिद्यालय र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका ३ बिद्यालयलाई पढ्ने बिद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री बितरण गरेको हो । राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजका कार्यक्रम सयोजक दिपक रेग्मीले मुस्ताङका बिद्यार्थीलाई झोलासहित १८ प्रकारको शैक्षिक,सरसफाई र माक्स बितरण गरेको जानकारी दिए

उत्तरी चिनको स्शासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा बिभिन्न बिदेशी संघसस्थाहरुले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन ,पुर्वाधार निर्माण र गुम्बाहरुमा अनुदान सहयोग र लगानी गर्ने गरेको पाईएको छ ।

Advertisement

फोटो ःउपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—३ घीलिङको जनज्योती बिद्यालयललाई शैक्षिक सामाग्री बितरण गर्दै चाईना फाउन्डेसन ।तस्विर ःनिमा बिवश

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया