‘बाँचुन्जेल मागेर खादिनँ’

अनिष भट्टराई २०७८ असोज २० गते ११:४९


पोखरा । पोलियोको खोप लगाउन उनी घर नजिक आयोजित स्वास्थ्य शिविरमा गए । खोप लगाउँदा डाक्टरले गल्ती गरे । अन्ततः ५ वर्षकै उमेरमा उनको दाहिने खुट्टा नै बांगियो, अहिले चल्दैन । बिहारका प्रमोद राम त्यसको ५ वर्षसम्म अस्पताल ओहोरदोहोर गरिरहनुपर्‍यो । बुबा काठमाडौंको एक गार्मेन्टमा काम गर्थे, बुबासँग काठमाडौं बसेर अस्पताल आउजाउ चलिह्यो ।

१० वर्षको उमेर पुगेपछि उनी फेरि बिहार फर्किए । नेपालको सिमानाबाट १ घन्टा पर उनको घर छ । बुबा, आमा र ३ भाइ भएको घरको आर्थिक अवस्था भने कहालीलाग्दो थियो । ‘पोलियोको खोप लगाउँदा खुट्टा नै बांगियो, घरमा पैसाको सधैं अभाव, पढ्न पनि पाएन,’ राम सम्झन्छन् ।

५ कक्षासम्म पढेपछि उनले विद्यालय छाडे । घरकै काममा व्यस्त भए । खुट्टा चलाउन गाह्रो पथ्र्यो, त्यही पनि काम गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । बिहारमै हुँदा आमासँग मिलेर खेत जान्थे । खुट्टाले दुख दिन्थ्यो, तर त्यो दुखका कारण उनी यत्तिकै बस्न पाएनन् । परिवारका ५ जनैले काम गर्दा पनि आधा वर्ष खान पुग्दैनथ्यो । अधिया लगाएर खाएको धानले १ वर्ष पुर्‍याउन खोजे ‘हात्तीको मुखमा जिरा’ हुन्थ्यो ।

Advertisement

कष्टकर बाल्यकाल र युवावस्था पछि उनी नेपाल आउने सोच बनाए । ५ वर्ष त नेपाल बसिसकेका थिए । तर नेपाल आएर के गर्ने रु गाउँकै एक जना दाइ पनि नेपालमा काम गर्न आएका थिए । उनले जुत्ता सिलाउने, झोला बनाउने काम गरेको रामले थाहा पाए ।

ती दाइ बिहार फर्किएका बेला रामले जुत्ता सिलाउने काम सिके । काम जानिसकेपछि उनलाई नेपाल आउन झन्झट भएन । नेपाल आउने बेला बिहे गरेर श्रीमतीलाई पनि यहीँ ल्याए । नेपाल त आए अब कहाँ जाने रु काठमाडौं बस्न मन थिएन, जहाँ उनले सम्भवतः जिन्दगीकै खराब समय गुजारे । पाँच वर्ष एउटै औषधी लिए, अनगिन्ती सुइ लगाए । र, काठमाडौंपछिको सबैभन्दा बढी चहलपहल हुने सहर पोखरा आए ।

Advertisement

जस्तै गाह्रो भएपनि पोखरा नै बस्छु भन्ने दृढताले उनलाई पोखरा नै राख्यो । लकडाउन भएपनि उनी दिनहुँ चोकमा गएर बस्न थाले । भन्छन्, ‘गरिब हुँ हजुर, काम नगरे पेट कसरी भर्ने रु पेटले कोरोना चिन्दैन ।’ पोखरा आएर उनले वडा नम्बर ५ स्थित धर्मस्थली आधारभूत विद्यालय पछाडिको घरमा डेरा लिए । जानेको त्यही एउटा पेसा थियोः जुत्ता सिलाउने । पोखरा आएको भोलिपल्टै पस्र्याङ चोकको प्रतिक्षालय आडमा जुत्ता सिलाउन बसे ।

अहिले ४ वर्ष भयो, राम अझै पनि त्यही चोकमै भेटिन्छन् । बिहान ७ नबज्दै राम त्यहाँ आएर आफ्नो छाता अड्याउँछन् । झोलाबाट सामानहरु छरेर राख्छन् । अनि कुर्छन्, ग्राहक । दिनमा २ हजारसम्मकै व्यापार हुन्छ । कहिले भने ५ सय कमाउन पनि धौ हुने उनको अनुभव छ । उनलाई जतिसक्दो धेरै कमाउनु छ, आफ्नै हातनङ्ग्रा खियाएर । खुट्टा अझै चल्दैन्, तर उनको सफलताको यात्रा रोकिएको छैन । ‘बाँच्ने इच्छा चाहिन्छ, बाँचुन्जेल मागेर खादिनँ, माग्नु परेको दिन मर्छु,’ उनी दृढ सुनिए ।

अहिले उनका २ छोरी पढ्न जाने भइसकेका छन् । २ छोरीको पढाइ खर्च जुटाउनुका साथै कोठा भाडा तिरेर, घर खर्च चलाउँदा पनि उनले कुनै महिना ५र७ हजार बचाउँछन् । बचेको पैसा घर बुबालाई पठाइदिन्छन् ।

दुई चरणमा लगाइएको लकडाउनले हरकोहीलाई प्रभाव पार्‍यो । उनी एक्लै कसरी अपवाद हुन सक्थे रु ६ महिना व्यापार शुन्य भयो । बिहार फर्किए । गाउँमै बसे, परिवारसँग । लकडाउन खुलेपछि भने पोखरा नै फर्किए । घरबेटीले ७ महिनाकै भाडा मागे । उनले दिन्नँ भन्न सकेनन् । ७ महिनाकै घरभाडा तिरिदिए ।

दोस्रो चरणको लकडाउनमा भने उनी बिहार फर्केनन् । जस्तै गाह्रो भएपनि पोखरा नै बस्छु भन्ने दृढताले उनलाई पोखरा नै राख्यो । लकडाउन भएपनि उनी दिनहुँ चोकमा गएर बस्न थाले । २र४ जना मान्छे आइरहन्थे । जसोतसो लकडाउन कटाए, अहिले फेरि उनको व्यापारले गति लिएको छ । कोरोना त्यति साह्रै फैलिंदा पनि सडकमै व्यवसाय गर्न डर लागेन रु भन्छन्, ‘गरिब हुँ हजुर, काम नगरे पेट कसरी भर्ने रु पेटले कोभिड चिन्दैन ।’

अब उनलाई जीवनभर पोखरा नै बस्न मन छ । उनको लागि घर पोखरा नै हो अब । बिहार फर्कन मन छैन । ‘मलाई नेपाल आफ्नै लाग्छ । जति बाँच्छु, पोखरा नै बस्छु । अब नेपाल नै मेरो घर हो,’ उनी सुनाउँछन् ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया