मन्त्रिपरिषद् बिस्तार हुँदै
बाग्लुङबाट विजयी देवेन्द्र पाैडेल मन्त्री बन्दै
समाधान संवाददाता
२०७८ असोज २० गते १९:४१

पाेखरा ।
नेकपा माओवादी केन्द्रले आफ्नाे काेटाबाट मन्त्री बन्नहरुकाे नामावली टुङ्ग्याएकाे छ । जस अनुसार गण्डकी प्रदेशबाट देवेन्द्र पाैडेल मन्त्री बन्ने भएका छन् । यद्यपी उनकाे मन्त्रालय भने अझै टुङ्गाे लागेकाे छैन ।
आज बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री बन्ने ४ जनाकाे नाम सुनाएका थिए भने नारायणकाजि श्रेष्ठले समर्थन गरेका थिए । पौडेलसहित शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय माओवादीले गरेकेा छ ।
बाग्लुङबाट प्रतिनिधि सभाका लागि निर्बाचित पाैडेल पहिलाे पटक मन्त्री बन्न लागेका हुन् ।
कांग्रेस, नेकपा एस, माओवादी केन्द्र र जसपाकाे गठबन्धन र जनमाेर्बाचाकाेट बनेकाे सरकारमा माओवादीकाे भागमा १ राज्यमन्त्री र ५ मन्त्री परेकाे छ । २ जना मन्त्री यसअघि नै नियुक्त भैसकेका छन् ।
सम्बन्धित









इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया