मन्त्रिपरिषद् बिस्तार हुँदै
बाग्लुङबाट विजयी देवेन्द्र पाैडेल मन्त्री बन्दै
समाधान संवाददाता
२०७८ असोज २० गते १९:४१

पाेखरा ।
नेकपा माओवादी केन्द्रले आफ्नाे काेटाबाट मन्त्री बन्नहरुकाे नामावली टुङ्ग्याएकाे छ । जस अनुसार गण्डकी प्रदेशबाट देवेन्द्र पाैडेल मन्त्री बन्ने भएका छन् । यद्यपी उनकाे मन्त्रालय भने अझै टुङ्गाे लागेकाे छैन ।
आज बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले मन्त्री बन्ने ४ जनाकाे नाम सुनाएका थिए भने नारायणकाजि श्रेष्ठले समर्थन गरेका थिए । पौडेलसहित शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय माओवादीले गरेकेा छ ।
बाग्लुङबाट प्रतिनिधि सभाका लागि निर्बाचित पाैडेल पहिलाे पटक मन्त्री बन्न लागेका हुन् ।
कांग्रेस, नेकपा एस, माओवादी केन्द्र र जसपाकाे गठबन्धन र जनमाेर्बाचाकाेट बनेकाे सरकारमा माओवादीकाे भागमा १ राज्यमन्त्री र ५ मन्त्री परेकाे छ । २ जना मन्त्री यसअघि नै नियुक्त भैसकेका छन् ।
सम्बन्धित







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया