एमाले केन्द्रीय सदस्य जोशी नेकपा एस प्रवेश

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। राजधानीको बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा बिहीबार एक कार्यक्रमबीच उनी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुले पार्टीमा स्वागत गरेका छन्।
सर्वोच्चले नेकपा (नेकपा) को दल दर्ता खारेज गरेपछि एमाले र माओवादी केन्द्र छुट्टिँदा नेता जोशी माधवकुमार नेपाल पक्षमा थिए। नेता नेपालले छुट्टै एकीकृत समाजवादी दल दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए। सुदूर पश्चिमका थोरै प्रभावशाली एमाले नेताहरुमध्ये जोशी पनि एक हुन्। छुट्टै दल खोलिएपछि सुदूर पश्चिममा एकीकृत समाजवादी एमालेभन्दा बलियो देखिएको थियो। नेता जोशीको प्रवेशसँगै एकीकृत समाजवादी झन् शक्तिमा आएको आँकलन गरिएको छ।
एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आबद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमानदारीपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’
जोशीलाई एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यको जिम्मेवारी दिएको छ। कार्यक्रममा अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाएको घोषणा गरेका थिए।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया