मन्त्रिपरिषद विस्तार तयारी, असन्तुष्टि सुल्झाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तार तयारी गरेका छन्। तर कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँटलाई लिएर विवाद कायमै छ।
मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।
भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले गठबन्धनको बैठक बस्न लागेको हो । एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ। हालको गठबन्धनको सूत्रधार भएको नाताले आफूलाई अरु दलसरह व्यवहार गरिनुपर्नेमा राज्यमन्त्रीसहित चार मन्त्रालय दिने भनिएकोमा एकीकृत समाजवादी असन्तुष्ट छ।
मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् ।
काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए ।
माओवादी केन्द्रले भने आफ्नो भागमा परेका मन्त्रालयमा जिम्मेवारी पाउनेहरुको नाम टुंग्याएको छ। माओवादीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्। माओवादीबाटै बोधमाया यादव राज्यमन्त्री बन्दैछिन्।
यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंग्याएको छैन। तर त्यसको जिम्मेवारी पाएका नेता उपेन्द्र यादवले बिहीबार नै नाम दिने तयारी गरेको बुझिएको छ।









पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण
दराजमै थन्किन्छ सिफारिस
प्रोग्रेसिभ फाइनान्सको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया