पत्रकार थापा गोरखा कांग्रेस सचिव निर्वाचित

समाधान संवाददाता २०७८ असोज २१ गते १३:२१
कृष्ण आले र पत्रकार किशोरजंग थापा

गोखरा । पत्रकार किशोरजंग थापा नेपाली कांग्रेस गोरखाको सचिव निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिमा २ सचिव रहने व्यवस्था छ । थापासँगै कृष्णबहादुर आले पनि सचिव निर्वाचित भएका छन् । सचिवमा निर्वाचित आलेले ६९९ र थापाले ६७३ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत निर्वाचित भएका छन् । सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित थापाले १०३६ मत प्राप्त गरेका थिए । अर्का उपसभापति बस्नेतले ५६३ मत प्राप्त गरेका थिए ।

सहसचिवमा निर्वाचित लामिछाने ६९७ मत र अधिकारी ३९३ मत प्राप्त गरेर विजयी भएका हुन् । क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १,७४५ जना मतदाता रहेकामा १५१९ जनाले मतदान गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया