पत्रकार थापा गोरखा कांग्रेस सचिव निर्वाचित
समाधान संवाददाता
२०७८ असोज २१ गते १३:२१

गोखरा । पत्रकार किशोरजंग थापा नेपाली कांग्रेस गोरखाको सचिव निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिमा २ सचिव रहने व्यवस्था छ । थापासँगै कृष्णबहादुर आले पनि सचिव निर्वाचित भएका छन् । सचिवमा निर्वाचित आलेले ६९९ र थापाले ६७३ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा धिरन थापा र इमानसिंह बस्नेत निर्वाचित भएका छन् । सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी निर्वाचित भएका छन् । उपसभापतिमा निर्वाचित थापाले १०३६ मत प्राप्त गरेका थिए । अर्का उपसभापति बस्नेतले ५६३ मत प्राप्त गरेका थिए ।
सहसचिवमा निर्वाचित लामिछाने ६९७ मत र अधिकारी ३९३ मत प्राप्त गरेर विजयी भएका हुन् । क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १,७४५ जना मतदाता रहेकामा १५१९ जनाले मतदान गरेका थिए ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया