कालिका बहुमुखीमा दसैं शुभकामना

समाधान संवाददाता २०७८ असोज २१ गते १९:५०

Advertisement

बिजयादशमी तथा दिपावलीको अवसरमा कालिका बहुमुखी क्याम्पसमा कक्षा १२ अध्यनरत विद्यार्थीहरुले शुभकामना आदान प्रदान गरेका छन् ।


विद्यार्थीहरुले आफ्नो आफ्नो संकायको प्रतिनिधित्व गरि शुभकामना आदान प्रदान साथै मनोरञ्चनात्मक कार्यक्रम गरेका हुन् । कक्षा १२ का निरज गुरुङ, अनुप परियार र समीक्षा परियार साथ क्याम्पस प्रमुख सालिकराम तिमिल्सिना र प्राध्यापकहरुको तर्फ बाट शंकर ज्ञवाली, सबिता आचार्य, प्रदिप सुबेदी, राम गुरुङ र दिपेन्द्र बरालले सम्पूर्ण विद्यर्थीहरुलाई शुभकामना प्रदान गरेका थिए ।

Advertisement


मनोरन्जनात्मक प्रस्तुतिको क्रममा दुबो फुल्यो बोलको गीतमा कक्षा १२ का विधार्थीहरु सिमरन भुजेल, लाजिमा गुरुङ, सचिना घोताने, सफल बर्देवा, पुनम घोताने, कार्यस्था गुरुङ, आशिक गुरुङ, सौगात गुरुङ, निशा गुरुङ र अनुप परियारले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । त्यसै गरि कदम चाल बोलको गीतमा कक्षा १२ कै बिधार्थीहरु नीता राई, निकिता राई, अनु गुरुङ, निरु राजवंशी, युमिका मगर र प्रिती शाहको समुहले पनि आकर्षक नृत्य प्रस्तुत गरि कार्यक्रममा थप मनोरन्जन प्रदान गरेका थिए । अन्य प्रस्तुतिहरु प्रस्तुत गर्ने क्रममा कक्षा ११ कि बिधार्थी रिना सुनार र कक्षा १२ का बिधार्थी देउराज सिउथानीले एकल नृत्य प्रस्तुत गरेका थिए । हेमन्त सुनारले र्याप गित प्रस्तुत गरेका थिए ।


धेरै विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरकोमा यसमध्य उत्कृष्ट प्रस्तुत गरेको भन्दै प्राध्यापक शंकर ज्ञवालीले सिउथानीलाई ५ सय रुपैया हैसाला स्वरूप प्रदान गरेका थिए । कार्यक्रममा सम्पूर्ण प्राविधिक सहयोग स्नातक तह प्रथम वर्षमा अध्यनरत विद्यार्थी उज्जवल पोण्डले गरेका थिए । कक्षा १२ का मिलन रानाभाटको सभापतित्वमा भएको कायक्रम १२ कै विद्यार्थी करिना गुरुङ र नबिन श्रेष्ठले संचालन गरेका थिए ।व्यवस्थापकीय सहयोग प्राध्यापक शिशिर ज्ञवालीको रहेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया