कोरलानाका नपुग्दै नेचुङबाटै फर्किएकी थिईन् ईयु राजदुत डिप्रेज
विदेशीलाई कोरलानाका जान सरकारले अनुमती प्रदान नगरेको


जोमसोम—नेपालका लागि युरोयिन युनियनकी राजदुत नोना डिप्रेजसहितको टोली चिनको स्वशासितक्षेत्र तिब्बत र उपल्लो मुस्ताङसंग सीमानाका जोडिएको कोरला नजिकै पुगेर फर्किएकी छिन् । पश्मिनाक्षेत्रको सम्भावना , अध्ययन अनुगमन तथा स्थानीय निकाय र बहुसरोकारवाला निकायसंग परामर्श गर्ने उद्देश्यले मुस्ताङ आएकी राजदुत डिप्रेज काम सकेर कोरलानाका जाने क्रममा लोमान्थाङ—२ छोसेरबाट फर्किन बाध्य भएकी हुन् ।
गत असोज ११ गते सवारी साधन चढेर मुस्ताङ आएकी युरोपियन युनियनकी राजदुत पहिलो दिन जोमसोम स्थित होटल ओम्स होम्समा बाँस बसेकी थिईन् । उनीसंगै युरोपियन युनियनका वरिष्ठ कार्यक्रम संयोजक मिम हमाल र ईन्टनेशनल ट्रेड सेन्टरका प्रतिनिधि बिदुर घिमिरे मुस्ताङ आएका थिए ।उनीहरुले दोश्रो दिन मुस्ताङका पत्रकारसंग पश्मिनाक्षेत्रमा भईरहेको कार्यक्रम र भावी योजनाका सम्वन्धमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।सोही दिन टोलीले मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघ र स्थानीय महिला उद्यमी संग अन्तरक्रिया गरेका थिए ।
यस्तै,तेश्रो दिनमा सो टोली उपल्लो मुस्ताङ प्रस्थान गरेको थियो । पश्मिना क्षेत्रको दिगो विकास तथा युरोपियन युनियन र साझेदारी सस्थाहरुबाट भईरहेको कार्यक्रमको अनुमगनका लागि उपल्लो मुस्ताङ पुगेको राजदुत डिप्रेजको टोलीले चौथोदिन लोघेकर दामोदरकुण्ड गापाको चराङमा नेपाल पश्मिना महासंगको समन्वयमा सुरु गरिएको पश्मिना संकलन तथा प्रशोधन केन्द्रको उद्घाटन गरेकी थिईन् । सोही दिन लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु छलफल तथा अन्तरक्रिया गरेकी थिईन् ।
पश्मिनाको दिगो विकासको अध्ययन र अनुमगनमा उपल्लो मुस्ताङ पुगेकी राजदुत डिप्रेजसहितको टोलीले कोरलानाका अवलोकन गर्ने योजना बनाएको बताईन्छ । तर ,पाचौंदिन सबै काम सकेर कोरलानाका जान लागेको राजदुतसहितको टोलीलाई नेचुङ भन्सारमा रहेका सुरक्षाकर्मीले कोरलानाका जान रोक लगाएको थियो । मुस्ताङको उत्तरी कोरलानाकाबाट यता करिव १० किमी दक्षिणमा सशस्त्र प्रहरीको बिओपि स्थापना भईसकेको र सीमाप्रहरीका चौकीका सुरक्षाकर्मीले कडा निगरानीका साथ चेकजाच गर्ने गरिएको छ ।
राजदुत डिप्रेजसहितको टोलीले सीमा सुरक्षाका लागि खटिएको बिओपि र नेपाल प्रहरीको टोलीले कोरलानाका जान रोक लगाएको थियो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले अध्यागन विभागबाट परमिट काटेर उपल्लो मुस्ताङ जाने जुनसुकै विदेशीलाई कोरलानाका जान सरकारले अनुमती प्रदान नगरेको बताएको छ । नेचुङ पुगेको युरोयिन टोली सो स्थानबाट अक्टुबर १ तारिखमा जोमसोम फर्किएको थियो ।
केही वर्षअघि कोरलानाकामा खटिएका चिनिया सुरक्षा अधिकारीहरु विभिन्न बहाना बनाएर बिना अनुमती उपल्लो मुस्ताङको लोमान्थाङसम्म आएर फर्किने गथ्र्ये ।पछिल्लो समय चिनले कोरलानाकामा सुरक्षा उपस्थित मजबुद बनाउदै आईरहेको छ । उनीहरुले नाका आसपास अत्याधुनिक सीसी क्यामेरा जडान गरेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया