समाधानकर्मी कुवँर र भागवत भाष्कर गौतमलाई सृजना सम्मान

पोखरास्थित सृजना विकास केन्द्रले पत्रकार श्यामनाथ कुँवर र भागवत भाष्कर कमल नयन गौतमलाई सम्मान गर्ने भएको छ ।
सामाजिक क्षेत्रमा कलम चलाउने पत्रकार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वलाई केन्द्रले सम्मान गर्ने उद्देश्य अनुसार कुँवर र गौतमलाई सम्मान गर्न लागिएको संस्थाका अध्यक्ष ईन्द्र पौडेलले जानकारी दिए ।
संस्थाका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापा संयोजक रहेको प्रतिभा छनोट समितिले कुँवर र गौतमलाई पुरस्कृत गर्न सिफारिस गरेको र संस्थाको बोर्ड बैठकले सो सिफारिसलाई अनुमोदन गरेको हो । दुवै पुरस्कारका राशि २५ हजार ५५५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको छ । संस्थाको यहि २५ गते हुने ४४ औं वार्षिकोत्सव तथा ४१ औं साधारणसभाका अवसरमा पत्रकार कुँवर र भागवत भाष्कर गौतमलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताए ।
पत्रकार कुँवर विगत तीन दशकदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् भने भागवत भाष्कार गौतम साढे दुई दशकदेखि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । कुँवर पोखरास्थित समाधान दैनिकमा कार्यरत छन् भने गौतम राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष हुन् । प्रतिभा छनोट समितिमा संस्थाका द्धित्तीय उपाध्यक्ष कमला गिरी, सदस्य अशोक श्रेष्ठ, नागरिक समाज कास्की, नेपाल पत्रकार महासंघ कास्की सदस्य र संस्थाका अध्यक्ष र महासचिव पदेन सदस्य रहेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया