आज मन्त्रिपरिषद् बिस्तारकाे तयारी, कांग्रेस र जसपालाई मन्त्री छान्नै सकस

काठमाडाैं ।
सरकार बनेको करिब तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यद्यपी गठबन्धनका २ जना कांग्रेस र जनता समाजवादी पार्टीले अझै मन्त्री बनाउनेहरुकाे नाम टुङ्ग्याउन सकेका छैनन् ।
२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भर सरकार चलाएका छन् ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आज मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएकाे छ । मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको हाे । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।
माओवादीले यसअघि नै मन्त्री बन्नेहरुकाे नाम टुङ्ग्याएकाे छ भने नेकपा एसले पनि बिराेध खतिवडा, प्रेम आले, रामकुमारी झाक्री र किसान श्रेष्ठलाई मन्त्री बनाउने गरी पार्टीम प्रस्ताव लैजादै छ ।
कांग्रेसमा मन्त्री छनाैट गर्न प्रधानमन्त्री देउवाले एक पटक पदाधिकारी बैठक राखेपनि सहमति हसन सकेन भने जसपाले केन्द्रीय हाइकमाण्डलाई छनाैट गर्ने जिम्मा दिएकाे छ । यी दलले आजै मन्त्रिमण्डलमा सहभागी गराउनेहरुकाे नाम छनाैट गर्न बैठक बस्दैछन् ।








कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया