आज मन्त्रिपरिषद् बिस्तारकाे तयारी, कांग्रेस र जसपालाई मन्त्री छान्नै सकस

काठमाडाैं ।
सरकार बनेको करिब तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यद्यपी गठबन्धनका २ जना कांग्रेस र जनता समाजवादी पार्टीले अझै मन्त्री बनाउनेहरुकाे नाम टुङ्ग्याउन सकेका छैनन् ।
२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । २५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भर सरकार चलाएका छन् ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आज मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएकाे छ । मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको हाे । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।
माओवादीले यसअघि नै मन्त्री बन्नेहरुकाे नाम टुङ्ग्याएकाे छ भने नेकपा एसले पनि बिराेध खतिवडा, प्रेम आले, रामकुमारी झाक्री र किसान श्रेष्ठलाई मन्त्री बनाउने गरी पार्टीम प्रस्ताव लैजादै छ ।
कांग्रेसमा मन्त्री छनाैट गर्न प्रधानमन्त्री देउवाले एक पटक पदाधिकारी बैठक राखेपनि सहमति हसन सकेन भने जसपाले केन्द्रीय हाइकमाण्डलाई छनाैट गर्ने जिम्मा दिएकाे छ । यी दलले आजै मन्त्रिमण्डलमा सहभागी गराउनेहरुकाे नाम छनाैट गर्न बैठक बस्दैछन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया