नेपाल प्रहरीमा खुल्यो ६ सय जनालाई रोजगारी
समाधान संवाददाता
२०७८ असोज २२ गते ११:४८

काठमाडौं।
नेपाल प्रहरीमा झन्डै ६०० जनाका लागि रोजगारी खुलेको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको सूचना बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रहरी सहायक निरीक्षकमा ३६७ जनाका लागि दरखास्त आह्वान छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रूपैयाँ दस्तुर लाग्ने सूचनामा उल्लेख छ । उक्त पदहरुमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिन सकिने पनि सूचनामा छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया