जसपाबाट राजेन्द्र, रेणु, रामसहाय र प्रमाेद मन्त्री बन्दै
समाधान संवाददाता
२०७८ असोज २२ गते १३:४७

पाेखरा ।
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साह मन्त्री बन्ने निश्चत भएकाे छ । अध्यक्ष उपेन्द्र यादवले उनीहरुकाे नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।
जसपा श्राेतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।
जसपाले पाउने १ जना राज्यमन्त्रीकाे भने अझै टुङ्गाे लागेकाे छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया