कांग्रेसबाट रिजाल, बडु र चौधरी मन्त्री बन्दै
समाधान संवाददाता
२०७८ असोज २२ गते १४:५६

काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि थप पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ।
कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्।
पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् । दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको छ। सिटौल समूहबाट सिफारिस भएका उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइने भएको छ।
हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चारको जिम्मेवारी दिने निर्णय भएको छ। प्रधानमन्त्री देउवाकै कोटाबाट उमा रेग्मी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन्।
यसअघि देउवाले आफ्नो पक्षबाट गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्र मन्त्री नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया