२५ सदस्यीय बन्यो मन्त्रिपरिषद्, प्रधानन्यायाधीशका जेठान पनि मन्त्री
समाधान संवाददाता
२०७८ असोज २२ गते १६:४९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले पूर्णता दिएका हुन्।
राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकराी दिएको छ। देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो। मन्त्रीहरुको शपथ ग्रहण दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा निर्धारण गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि भएका गजेन्द्रबहादुर हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् । ५ दलीय गठबन्धनले न्यायपालिकासँग समेत गठबन्धन साझेदारी गरेको भन्दै चर्को आलोचना भएको छ ।


सम्बन्धित
तपाईको प्रतिक्रिया