गण्डकीका २ जना बने देउवा सरकारका मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । सरकार गठन भएको ८८ दिनपछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । शुक्रबार १८ जनालाई मन्त्री बनाएर शपथ गराइसकेका छन् ।
मन्त्री बन्नेमा गण्डकी प्रदेशका २ सांसद छन् । बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित देवेन्द्र पौडेल र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान) देउवा सरकारका मन्त्री बनेका छन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । कुनै बेला बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागेका पौडेल २०७४ मा भने माओवादी केन्द्रमै फर्केका थिए ।
यस्तै एमाले अध्यक्ष केपी ओलीको क्याम्प छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका किसानले पनि मन्त्री पद उपहार पाएका छन् । किसानलाई देउवाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाएका छन् । श्रेष्ठ उनै सांसद हुन्, जसले गत निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया