रुपामा दसैं लक्षित अनुगमन

समाधान संवाददाता २०७८ असोज २३ गते १३:२५

पोखरा ।
दसैं नजिकिएसँगै किनमेल बढ्ने र व्यापारीले म्याद गुज्रेका सामान बेच्ने, सामान लुकाउने, कालोबजारी बढ्ने, कृत्तिम अभाव गराउने सक्ने भन्दै रुपा गाउँपालिकाले शुक्रबार अनुगमन गरेको छ ।

Advertisement

गाउँपालिकाभित्र २ सय २१ किराना पसल, मासु पसलमा पुगेर अनुगमन गरिएको हो । अनुगमनमा ५ किराना पसलहरुमा म्याद नागेका बिस्कुट र मसला, चाउचाउ पाइएको र त्यहीँ नष्ट गरेर पसलेहरुलाई सामान्य कारबाही गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।


गाउँपालिकाले शुक्रबार पालिकाका अध्यक्ष ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुंगानाको नेतृत्वमा ३ समुह बनाएर अनुगमन गरेको हो । पालिकाका अध्यक्ष, जनस्वास्थ्य कार्यालय निरीक्षक, वडा अध्यक्ष, प्रहरीको टोलीले अनुगमन गरेको हो ।


पालिकाभित्रका किराना पसल, रेष्टुरेष्टमा अनुगमन गरिएको हो । दसैंको बेला पालिकाभित्रका डिलरहरुले म्याद गुज्रेका सामान पठाउने साथै तोकिएको मूल्यभन्दा बढी मूल्य लिने हुँदा पालिका भित्र उपभोक्ता नठगिउन् भनेर अनुगमन गरिएको अध्यक्ष ओझले बताए । अनुगमनपछि पसलहरुलाई सरसफाई गर्न, मूल्यसूची टाँस्न, म्याद गुज्रिएका सामानहरु नबेच्न साथै उपभोक्तालाई मूल्यमा नठग्न सुझाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया