नौलो घुम्तीको सभा

समाधान संवाददाता २०७८ असोज २३ गते १३:५१

पोखरा ।
नौलो घुम्ती नेपालको २० औं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण शुक्रबार भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीअध्यक्ष बैनबहादुर क्षेत्रीले आफू जिल्ला समन्वयको अध्यक्ष भएपछि साच्चिकै सामाजिक सेवा गर्ने र कागजमात्रै गर्ने गरी दुई खालका गैरसरकारी संस्था देखिरहेको बताए ।

Advertisement


उनले नौलो घुम्ती नेपालले आफूलाई अग्रपंक्तिमा राख्न सकेको उल्लेख गर्दै शिक्षा र स्वास्थलाई प्राथमिकतामा दिएमात्रै समृद्धि सम्भव हुने बताए । उनले यो मामिलामा नेपालका राजनीतिक नेताहरु चुकेको जनाए ।


कार्यक्रममा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष महेश गुरुङ, रिकभरी नेपालका अध्यक्ष शिव न्यौपाने, गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष पदमराज पहारी, निवर्तमान अध्यक्ष खड्गबहादुर रानाभाट, पोखरा १७ का वडा सदस्य शान्तकुमारी गुरुङ, पोखरा ६ का वडा सदस्य राममाया विश्वकर्मा र वडा प्रहरी कार्यलय बैदामका प्रहरी निरीक्षक बद्री पौडेलले बोलेका थिए ।
सभामा अध्यक्ष योगराज पौडेलले संस्थाको प्रतिवेदन, महासचिव मंगल नेपालीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


पत्रकार पुण्य पौडेलले संस्थाले आव २०७७÷७८ मा गरेका कामले समाजमा कस्तो प्रभाव प¥यो भन्नेबारे सामाजिक परीक्षण प्रस्तुत गरेका थिए ।संस्थाका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वद्रिविनोद प्रतीकले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया