जम्बो टोलीसहित मुस्ताङ पुगिन् राजदुत क्याप्लर
पोखरा—जोमसोम हवाई सेवा ५ महिनापछि नियमित


जोमसोम—नेपालका लागि स्विजरल्यान्ड राजदुत एलिजावेथ भोन क्याप्लरसहितको टोली शनिबार हिमालपारीको जिल्ला मुस्ताङ आईपुगेको छ । काठमान्डौंबाट सिधै तारा एअरलाईसन्सको टुईनेटर जहाज चार्टर गरी स्विजरल्यान्ड राजदुत क्याप्लर , वल्र्ड बैंकका कन्ट्री डाईरेक्टर फारिस हैजार हडाड सहितको टोली मुस्ताङ आईपुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
स्विजरल्यान्ड राजदुत क्याप्लर मुस्ताङ भ्रमण नितान्त ब्यक्तिगत रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए । राजदुत क्याप्लरसहितको टोलीमा वल्र्ड बैंकका कन्ट्री डाईरेक्टर फारिस हैजार हडाड पनि छ ।स्विजरल्यान्ड राजदुतको टोलीमा अधिकाश अमेरिकन टोली बढी छ । नितान्त निजी भ्रमण भनिएपनि उनीहरुले मुस्ताङको कृषि ,पर्यटन,धार्मिक स्थल लगायतको भ्रमण गर्दे उपल्लो मुस्ताङ प्रस्थान गरेका छन् । राजदुतसहितको टोलीमा १० जना विदेशी र ३ जना नेपाली छन् । उनीहरुको मुस्ताङ बसाई अवधि १० दिनको रहेको छ । टोलीले उपल्लो मुस्ताङको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । यसअघि युरोपियन युनियनकी राजदुत नोना डिप्रेजको टोली मुस्ताङ आएको थियो ।सो टोलीले युरोपियन युनियन तथा साझेदारी सस्थाले गरेको कामको अनुगमन र पश्मिनाक्षेत्रको सम्भावना बुझ्न मुस्ताङ आएकी थिईन् ।

कोरोनाको दोश्रो भेरियन्टसंगै मुस्ताङका १८ बर्षभन्दा माथि सबै नागरिकले खोप प्राप्त गरिसकेको र मुस्ताङमा मुक्तिनाथसहित पर्यटनक्षेत्र खुल्ला गरिएसंगै स्वदेशी तथा विदेशी पर्यटकको आउजाउ बढ्न थालेको छ । मुस्ताङको पर्यटनक्षेत्र बिस्तारै चलायमान हुन थालेसंगै शनिबारदेखि पोखरा—जोमसोम हवाई सेवा ५ महिनापछि नियमित सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कल शर्माले जानकारी दिए । नियमित उडानको पहिला् दिन तारा एअरलाईन्सको ३ वडा उडान भएको उनले बताए ।
मुस्ताङ भ्रमण गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई कोरोना परिक्षणको रिपोट वा खोप कार्ड लगाएको प्रमाण अनिवार्य गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया