आर्बामा प्रतीक्षालय

समाधान संवाददाता २०७८ असोज २४ गते ११:४०

पोखरा ।
मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ आर्बाले दसैं र तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । त्यस अवसरमा पोखरा महानगरपालिका १३ का वडा अध्यक्ष दर्शन लामाले नवनिर्मित प्रतीक्षालय उदघाटन गरे ।

Advertisement


कार्यक्रममा प्रतीक्षालय निर्माण उपसमितिका संयोजक सूर्यबहादुर सिग्देलले प्रतीक्षालय निर्माण गर्दा भएको आम्दानी तथा खर्चको आय व्यय सार्वजनिक गरेको कार्यक्रम टोल विकास संस्थाका सचिव शिवराज बरालले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया