प्रधानमन्त्री देउवा आज पाेखरा आउँदै

गण्डकीलाई साक्षर प्रदेश घाेषणा गर्ने

समाधान संवाददाता २०७८ असोज २४ गते ७:३८
प्रधानमन्त्री शेरबहादुर देउवा ।

पाेखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज पाेखरा आउँदै छन् । गण्डकी प्रदेशलाई साक्षार प्रदेश घाेषणा गर्नका लागि प्रधानमन्त्री आउने भएका हुन् ।

पाँचाैं पटक प्रधानमन्त्री भएपछि देउवा पहिलाे पटक पाेखरा आउन लागेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाका अनुसार प्रधानमन्त्री हेलिकाेप्टरबाट पाेखरा आउने कार्यक्रम छ । उनी साँढे १० बजे पाेखरा आउने समय भएकाले का‌ग्रेस कार्यकर्ता एअर पाेर्ट बाहिर जम्मा हुँदैछन् ।

शनिबार पत्रकार सममेलन गरेर गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले सबै तयारी पुरा भएकाे जानकारी दिएका थिए ।

Advertisement

प्रदेश सरकारले पाेखरा सभागृहमा साक्षार प्रदेश घाेषणा कार्यक्रम आयाेजना गरेकाे छ ।

तपाईको प्रतिक्रिया